लहान । विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिडी–१९) को संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले लकडाउन गरेको छ । देशकै ठूला ठूला शोपिङ मलहरु बन्द रहेको अवस्थामा भने सिरहाको गोलबजारमा रहेको एबी मल्ल संचालनमा छ ।
राजनीतिक पावर र प्रशासनको आडमा लकडाउनमा पनि सरकारको निर्देशनलाई लत्याउँदै दैनिक रुपमा मल्ल संचालनमा रहेको छ । शोपिङ महल संचालन हुँदा दैनिक जसो त्यहाँ भीडभाड हुने क्रम राकिएको छैन । दैनिक रुपमा शोपिङ महल सञ्चालन भईरहँदा पनि बन्द गराउन गोलबजार नगरपालिकाले कुनै एक्सन लिइएको छैन् ।
कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग हो । तर, त्यस शोपिङ महलमा दैनिक रुपमा भिड्भाड नै देखिएको छ । सिरहा जिल्ला राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष राजेश यादवका अनुसार लकडाउनमा पनि खुल्ला रहेको शोपिङ महल बन्द गर्न प्रशासन र नगरपालिकाले अबिलम्ब एक्शन लिनु पर्ने बताए ।









