एकीकृत जनक्रान्तिको झण्डा
पद, पैसा, पावर पाउनेहरुलाई सफल मानिस भन्छन् । अधिकांशले यस्तो अवसर पाएका हुन्नन् ।यसमा कर्म र भाग्यको विभिन्न ढंगले विश्लेषण गर्ने गर्छन् । मनी, मसल र मास, थ्री एमको आकांक्षी धेरै हुन्छन् । भोजन, आयु र सम्पत्तिले कोही तृप्त हुँदैनन् भन्ने उक्ति नै छ । नेपाल भूमि आफैमा इश्वरीय बरदानभुमि हो । किनभने दुवैतीर (दायाँबायाँ) विशाल राष्ट्र छन्, महाशक्ति राष्ट्र छन् । ती छिमेकी देशमा पुग्दा सर्सती हेर्...













