उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ९ स्थित जन विकास माध्यमिक विद्यालय भिमामा थारु पहिचान विषयक विचार गोष्ठी कार्यक्रम आज (शनिबार) ११ बजेबाट हुने भएको छ । उदयपुर थारु जागरण समाज काठमाडौंको आयोजनामा सो गोष्ठी हुने भएको हो ।
कार्यक्रममा आपन पहिचान नामक पुस्तकको दोस्रो संस्करण समेत विमोचन गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष रमानन्द चौधरीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा प्रत्येक स्थानीय तहमा जन निर्वाचित थारु मेयर, उपमेयर, वडाध्यक्ष तथा वडा सदस्यहरुको उपस्थित हुने छ । कार्यक्रममा थारु समाज सेवी, बुद्धीजीवि, राजनीतिक दलका प्रतिनिधि, थारु कल्याणकारिणी सभाका केन्द्रिय तथा जिल्ला पदाधिकारीहरुको समेत उपस्थित हुने समाजका अध्यक्ष चौधरीले जानकारी दिए ।
कार्यक्रमको प्रायोजन अष्टाङ्ग आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. कोटेश्वरको रहेको छ । यस आयुर्वेद हस्पिटलको अन्य शाखाहरु काठमाडौंको कलंकी, सुनसरीको इटहरी र भरतपुर चितवन समेत रहेको छ ।

तपाईको प्रतिक्रिया