चर्चित लेखक तथा बिष्लेशक दिल निशानी मगरले पत्रकारको नाक भाँच्न एक करोड छुट्टाएको छु भन्ने मेयरको समर्थन गरेका छन्। हेर्नुहोस् उनले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस:

ईटहरीमा मुकाम बनाएर बस्ने एउटा समुहले सार्वजानिक जगालाई आफूहरुको बनाउन भरपुर प्रयास गर्यो। तर त्यो प्रयासलाई मेयर द्वरिकलाल चौधरीले असफल बनाई दिए। अख्तियार लगाउछु भन्ने धम्की दिदै पटक-पटकको जगा हडप्ने प्रयासलाई मेयरले क्रमश असफल बनाईरहे। अन्तत; त्यो समुह झुटा आरोप लिएर अख्तियार कहाँ पुग्यो। तर अख्तियारले मेयर चौधरीलाई दोषी भेटाउन सकेन, सफाई दियो। चौधरीलाई जेलमा सडाउने माफीयाहरुको पहिलो प्रयास अख्तियारको निर्णय संगै स्वत; असफल भयो।

त्यस घटना पश्चात खुरुखुरु काम गर्न मन पराउने ईमान्दार छवी बनाएका मेयर चौधरी मानसिक रुपमा आक्रमक हुदै गएको उनलाई नजिकबाट चिन्नेहरु बताउछन्। मेयर चैधरी फायर त यतिबेला भए जतिबेला नगरपालिकाको कर्मचारीहरु समेत जगा माफियाहरुकै पक्षमा काम गर्न थाले। मेयरको केही सिप लागेन। केही सिप नलागेपछी तिमीहरु भ्रष्टाचारी भएको भन्दै केही कर्मचारीलाई निष्काशन समेत गरे। त्यतीबेला सम्म मेयरको विपक्षमा ठुलो शक्ती खडा भैसकेको थियो। यो शक्तिले सडकबत्ती सम्बन्धी उपमहानगरको पुरानो मुद्दा बल्झाएर मेयरलाई फेरी अख्तियार पुरायो। तर देश्रो पटक पनि मेयर निर्दोष सावित भए।

ईटहरीमा मुकाम बनाएर बस्ने एउटा समुहले सार्वजानिक जगालाई आफूहरुको बनाउन भरपुर प्रयास गर्यो। तर त्यो प्रयासलाई मेयर…

Posted by Dil Nisani Magar on Wednesday, 5 June 2019

यसरी दोश्रो पटक मेयरका सामु जगा माफियाहरुले घुँडा टेके। अख्तियारले मेयरकै पक्षमा फैसला गरेपछी जगा माफियाहरु संग अन्तिम विकल्प थियो- मेयरको चरित्रहत्या। त्यसको लागी उनीहरुले केही पत्रकारहरुको दुरुप्रयोग गरे। पत्रकारहरुको झुटो अफवा देखेर मेयर आजित भए। धैर्यताले सिमा नाघेपछी मेयर हिजोको जस्तै ईमान्दार भईरहन सकेनन्। र उनी कराउन थाले, चिच्याउन थाले। सुनुयोजित रुपमा आफू बिरुद्ध लाग्नेहरुलाई प्रमाण पेश गरेर देखाउ, एक कप चिया कसैको खाएको भए फाँसी चढ्न तयार छु भन्न थाले। तर कसैले प्रमाण पेश गर्न सकेनन्।

तर झुटो आरोप भने लगाईरहे। यसरी एक ईमान्दार मेयरको दिमागमा नराम्रो संग धक्का पुग्न गयो र उनले गती छाडे। अब मेयरलाई पदबाट बर्खास्त गरेपनी, पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेपनी हुनेवाला केही छैन। किनभने मेयर कुनै ठुलो पदको मानिस भन्दा पनि एक ईमान्दार मानिस भएर बाँच्न चाहेका रहेछन्।

तपाईको प्रतिक्रिया