उदयपुर । थारुको पहिचान सहितको प्राचिन इतिहास मेटाउन खोजिए सह्य नहुने थारु अगुवाहरुले बताएका छन् । शनिबार उदयपुरको चौदण्डीगढी नगरपालिका ९ स्थित जन विकास माध्यमिक विद्यालय भिमामा थारु पहिचान विषयक विचार गोष्ठी कार्यक्रममा थारु अगुवाहरुले यस्तो बताएका हुन् ।
उदयपुर थारु जागरण समाज काठमाडौंको आयोजनामा भएको विचार गोष्ठीमा थारुको साँस्कृतिक, सामाजिक, राजनीतिक पहिचान तथा भाषा मेटाउन खोजिए सह्य नहुने थारु वुद्धिजीविहरुले बताए । उदयपुरको त्रियुगा क्षेत्र थारुको बसोबास क्षेत्र हो । यस क्षेत्रमा सवैभन्दा पहिले थारुहरुको बसोबास रहेका थिए । थारुहरु औंलोको कुनै प्रवाह नगरी आफ्नो थाकथलो कहि कत्तै छोडेर अएका थिए । उदयपुरमा थारुहरु आदिम कालदेखि बसोबास गर्दै आएकोले थारुको इतिहास, पहिचान मेटाउन खोजे हामीहरुलई सह्य नहुने वक्ताहरुले बताए ।
त्रियुगा बेल्टलाई आज खसआर्यहरुले तिन भिन्ना भिन्दै नगरपालिका बाँडदिएकोले अहिले थारु अल्पमतमा परेको प्रति पनि थारुहरु असन्तुष्ट देखिएका थिए । थारुको आफ्नै पहिचान छ, कला, संस्कृति, धर्म, रितीरिवाज र भाषालाई मधेशीकरणको संज्ञा दिए सह्य नहुने थारु अगुवाहरुले बताए । थारु आफ्नो थाकथलो र राजनीतिक अधिकारको लागि जस्तो सुकै आन्दोलन गर्न पछि नपर्ने बताए । वक्ताहरुले त्रियुगा बेल्ट थारुहरुको थाकथलो रहेकोले यस भूगोलमा थारुको अधिकार सुनिश्चित हुनु पर्ने बताए । नेपालमा थारुहरु आदिम कालदेखि आएकोले यस जातिको आफ्नै पहिचान रहेको बताए । आज भन्दा २५ सय वर्ष पहिलेदेखि नै नेपालमा थारुको बसोबास रहेको थियो । बुद्ध पनि थारुको सन्तान भएकोले नेपालमा थारु जातिको इतिहास कति पुरानो छ यसबाट प्रष्ट हुन्छ ।
थारु अगुवाहरुले थारु आयोग आफैमा शक्तिशाली रहेपनि यसलाई संचालन गर्ने राज्यशक्तिले कुण्ठित पारेको बताए । थारु अगुवाहरुले लोक सेवा आयोगमा थारु कोटा छुट्टै वा पूर्ण समानुपातिक प्रणालीको ग्यारेन्टी गर्न दवाव दिनु पर्ने बताए ।
थारुहरु समय सन्दर्भ चल्न नसकेकोले पनि थारुहरु पछि पर्दै गएको थारु अगुवाहरुले बताए । समय २१ औं शताब्दीमा पुगेपनि थारु समुदाय अझैपनि रुढीबादी परम्पराबाट माथि उठ्न नसकेकोले पछि पर्दै गएको छ । थारु बुद्धिजीविहरुले अहिलेको टडकारो विषय भनेको ग्रामिण क्षेत्रका थारु समुदायका बालबालिकाहरु शिक्षामा कमजोर हुँदै गएकोले थारु विद्यार्थीहरु माध्यमिक तह भन्दामाथि उठ्न नसकेकोले प्रति चिन्ता व्यक्त गरेका थिए ।
यस्तै विचार गोष्ठीमा आपन पहिचान नामक पुस्तकको दोस्रो संस्करणको विमोचन प्रमुख अतिथि त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, विषेश अतिथिद्वय त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरी र चौदण्डीगढी नगरपालिकाका उपमेयर रिता चौधरीले संयुक्त रुपमा गरेका थिए । यस्तै असोजमा बेलका नगरपालिकाको रंगमहलमा भएको ट्याक्टर दुर्घटनामा ज्यान गुमाएका र घाइते थारु बालबालिकाको उपचारको लागि समाजले ११ हजार आर्थिक सहयोग प्रदान गरेका थिए ।
स्थानीय तहका थारु जन निर्वाचित प्रतिनिधिहरुको साथै थारु समाज सेवी, बुद्धीजीवि, राजनीतिक दलका प्रतिनिधि, थारु कल्याणकारिणी सभाका केन्द्रिय तथा जिल्ला पदाधिकारीहरुको समेत उपस्थित रहेको थियो । कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष रमानन्द चौधरीले गरेका थिए भने संचालन सचिव अनुज कुमार चौधरीले गरेका थिए । समाज गठनको उद्देश्यबारे सल्लाहकार तथा अष्टाङ्ग आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. संचालन हृदय नारायण चौधरीले गरेका थिए ।
कार्यक्रमको प्रायोजन तथा व्यवस्थापन अष्टाङ्ग आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. कलंकीले गरेको थियो । यस आयुर्वेद हस्पिटलको अन्य शाखाहरु काठमाडौंको कोटेश्वर, सुनसरीको इटहरी र भरतपुर चितवन समेत रहेको छ ।
Posted by Nagarik Bahas on Saturday, 15 June 2019
Posted by Nagarik Bahas on Saturday, 15 June 2019
Posted by Nagarik Bahas on Saturday, 15 June 2019
Posted by Nagarik Bahas on Saturday, 15 June 2019
Posted by Nagarik Bahas on Saturday, 15 June 2019
Posted by Nagarik Bahas on Saturday, 15 June 2019
Posted by Nagarik Bahas on Saturday, 15 June 2019
Posted by Nagarik Bahas on Saturday, 15 June 2019
Posted by Nagarik Bahas on Saturday, 15 June 2019









