कालापानी-लिपुलेक-लिम्पियाधुरा समेटिएको नेपालको वास्तविक नक्सा सार्वजनिक
काठमाडौं : नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरेर अभियानको नक्सा समितिले भारतीय अतिक्रमणमा परेको नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो । नक्सा तयार गरेको विधिबारे जानकारी दिँदै अभियानका प्रा. डा. नरेन्द्र राज खनालले विज्ञका हिसाबले नदीको रखांकन ...













