थारुहरु बुद्धका सन्तानहरु हुन भने विदेशी विद्धानहरु पर्जिटर, टिस्सा काश्यप, सिल्भरलेभी, गौरी शंकर द्धिवेद र नेपालका विद्धानहरु जनक लाल शर्मा, रमानन्द प्रसाद सिंह (महान्यायीवक्ता) र तेज नारायण पंजियार र पदम श्रेष्ठ समेतले विभिन्न समयमा प्रकाशित लेखादिबाट स्वीकारीएको छ ।
यो जितिया कथा नागान्द नामको कथा भुतभाषत्मक हिन्दी ग्रन्थ बौद्धजातक कथाको आधारबाट लिएको बारे प्रस्तावना मै उल्लेख छ जसको लेखक श्री गुरु प्रसाद शास्त्री कृत हुन यो नागानन्द नाटक विक्रम सम्बत् ६०० मा महाराजा हर्षबध्धनले रचिएको हो । त्यति बेला भारतमा बुद्धको व्रचश्व थियो त्यसैले जितिया पर्व बुद्धको प्रशंसामा लिखिएको हो ।
हर्षबद्र्धन ४१ वर्ष सम्म सम्पूर्ण उत्तरी भारत राज्य गरेको थियो । जसको (गोदावरी सम्म सिम्मा) राजधानी थानेश्वर (कुरु क्षेत्र दिल्ली सम्म ) थियो ।
सकलसत्व प्राणीहरुलाई उद्धार गर्न जितिया पर्व मनाउँदै आएको धार्मिक ईतिहासमा उल्लेख छ । जो यस प्रकार छ । बोधिसत्य प्राणीहरुका उद्धार गर्न ४ युगमा विभाजन गरिएको छ ।
१) सत्य युगामा : बोधिसत्वहरु –११ छन
(क) रुपावती (ख) सुप्रभाष (ग) पुण्यबल (घ) धर्माकर (ङ) दर्धन (च) प्रदीप अघोप (छ) अम्बर (ज) यक्ष (झ) शिवी (ञ) मैत्रीबल (ट) कविराज कुमार
२) त्रेता युगमा बोधि सत्वहरु : १० वटा छन् ।
(क) चन्द्र प्रभ (ख) धर्मपाल (ग) मैत्री कन्याकुमार (घ) सर्वज्ञा भिमपादाचार्य (ङ) सुधनराजकुमार (च) सर्वानह राजा (छ) सुप्रिया सार्थ वाहुन (ज) सुतभोज राजा (झ) सर्वदन्व राजा (ञ) सुरज राजा ।
३) द्धापर युगमा बोधि सत्वहरु : १० वटा छन् ।
(क) सुवर्ण कुमार (ख) श्रीमद बाहन (ग) जलवहन कुमार (घ) पदम सेरुर राज कुमार (ङ) विरंकुश राजा (च) महासत्व राजकुमार (छ) सहिल सार्थ वाहन (ज) स्पेन राजा (झ) विस्वन्तर राज कुमार (ञ) मणीचुद राजा
४) कलियुग :
(क) भौगोलिक वतावरण (ख) धार्मिक सहिष्णुता (ग) ऐतिहासिक पर्व मेला (घ) साँस्कृतिक रितीरिवाज (ङ) सामाजिक रितीरिवाज (च) आर्थिक गतिविधी (छ) शिक्षा (ज) न्यायिक निती (झ) राजनैतिक ।
जसमध्ये द्धापर युगको राजा इच्छाकुश र रानी आलिन्दा देवीको ५ औ पुत्र विरंकुश भया जो आमाले आष्टमी ब्रतलाई अवहेलना गरेको पापबाट विरंकुश छोरा कुरुप थियो । तियै पनि राजकिय परम्परा अनरसार छमेकी राज कुमारी शुर्दननादेवी सँग विवाह भयो । आफु कुरुप भएको कारणबाट पत्नी भाईती गई बस्दा आफु पनि ससुरालीमा नै मान्छे भै बसे ।
एक दिन वरिपरीका ७ देशका राजाहरुले शुदर्शना देवी सुन्दरी भएको कारण निजलाई प्राप्त गर्न युद्ध गर्न आउँदा विरंकुश एकलै धर्मयुद्ध गरी राजाहरुलाई पराजित गराइयो र सुदर्शनादेवीलाई आप्mनो राज्यमा फर्काए पछि सुदर्शनादेवी अष्ठमी ब्रत बसी जितमहानको पुजा गरी र कुरुप पति सुरुप भएको थियो । त्यसै दिन देखि जितिया पर्व मनाउदै आएको धार्मिक इतिहास छ ।
जितिया पर्व महिलाहरुले आप्mनो पति, छोरा छोरीहरुका सुस्वास्थ्य दीर्घआयुको कामना गर्दै आश्वीन कृष्ण पक्ष सप्तमीका दिन राती ओठघन खाई अष्टमीको दिन उपवास बस जितमहानपर्वको कथा सुनिन्छ । नवमीको दिन जितमहानको पूजागरी मिठो मिठो परिकार बनाए खाई यो पर्व मनाउने प्रलन छ । हाल तराईमा बस्ने विभिन्न समुदाय छ । महिलाहरु यो पर्व प्रति विश्वत भै मनाउँदै आएको छ ।
निष्कर्ष :
यो कथा बौद्धको जातक कथामा आधारित जितमहान पर्व मनाएको देखिन्छ । अशोक सम्राट गौतम बुद्ध थारु भएकोले यो थारु महिलाको पर्व हो ।
अर्को शव्दमा जितको अर्थ विजय महानको अर्थ धेरै ठूलो हो । अर्थात जित विजयको प्रतिक भएकोले थारु विजयको प्रतिक भएकोले थारु भाषामा जितिया पावैन भनिएको हो ।
अन्धविश्वास र अथार्थ तर्फ
चाड मनाउने नाउँमा अन्धविश्वासमा परी स्वास्थयलाई ख्यालै नगरी उपवास बस्नु यथार्थतालाई गुमाउनु हो । अहिले आधुनिक युगमा कल्पनामा होइन वास्तविकतालाई यथार्थतामा उतार्नु स्वभाविक हुनेछ । रुदीवादी परम्परालाई परिमार्जन गरी भोकै बसेर पुन्य कमाइन्छ भन्ने भ्रमलाई अन्त्य गर्न सुझाउछ । बौद्ध संस्कार अनुसार खाएर पनि अराधना गर्न सकिन्छ भने तथ्यलाई स्वीकार गर्न सकिन्छ ।
सन्दर्भ सामाग्री :
नागानन्द नामक हिन्दी नाटक : २००५, लेखक : श्री गुरु प्रसाद सारथीकृत
नमो बुद्धको इतिहास : २०५३, लेखक : सत्य नारायण मानन्धर
नवीनतम सामान्य ज्ञान, लेखक : धनराज ज्ञवाली र गोपाल प्रसाद कर्लाकोटी
कान्तीपुर दैनिक प्रसिद्ध २०६७; लेखक : १३ कृष्ण पक्ष पष्टी अंक –१८
नेपालको तराई तथा यसका भूमिपुत्र २०६४, लेखक : महेश चौधरी
लेखक : थारु कल्याणकारिणी सभा काठमाडौं, केन्द्रिय सदस्य हुन्









