काठमाडौं । मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । महासंघले ‘प्रेस स्वतन्त्रतासभा’ देखि दिउँसै लालटिन बाल्ने र देशव्यापी सिटी जुलुश गर्ने लगायतका आदोलन तय गरेको छ ।

महासंघले असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन गर्ने भएको छ । त्यसरी संकलन गरेको हस्ताक्षर ६ गते जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री कार्यालयमा पठाइने महासंघले जनाएको छ ।
महासंघका अनुसार असार १० गते विधेयकविरुद्ध कार्टुन प्रदर्शन गरिनेछ ।

असार १५ गते महासंघ जिल्लाले सम्बन्धित सांसदहरुलाई एसएमएस सन्देश पाउनेछ । असार २० गते प्रेस स्वतन्त्रतासभा, २५ गते मध्यान्ह १२ बजे लालटिन बाल्ने र ३० गते देशव्यापी सिटी जुलुश गरिने महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया