- कालिदासबहादुर राउत क्षत्री

लेखक : कालिदासबहादुर राउत क्षत्री

पद, पैसा, पावर पाउनेहरुलाई सफल मानिस भन्छन् । अधिकांशले यस्तो अवसर पाएका हुन्नन् ।यसमा कर्म र भाग्यको विभिन्न ढंगले विश्लेषण गर्ने गर्छन् । मनी, मसल र मास, थ्री एमको आकांक्षी धेरै हुन्छन् । भोजन, आयु र सम्पत्तिले कोही तृप्त हुँदैनन् भन्ने उक्ति नै छ । नेपाल भूमि आफैमा इश्वरीय बरदानभुमि हो । किनभने दुवैतीर (दायाँबायाँ) विशाल राष्ट्र छन्, महाशक्ति राष्ट्र छन् । ती छिमेकी देशमा पुग्दा सर्सती हेर्दा साँधमै नेपालको सक साँधुराटिस लाग्दा दृश्यित हुन्छन् । जबकी नेपालमा उत्पादन गरेर छिमेकमा निर्यात गर्न सक्ता समृद्ध नेपाल–सुखी नेपाली हुने थियो । नेपालमा कुरा धेरै हुन्छन्–काम हुन्न, अभिशाप यही छ । राजनीतिमा चासो राख्ने जनताभन्दा कार्यकर्ता (कमारा) धेरै छन् । कमाराभन्दा मुखिया (नेता) धेरै छन् । देशलाई समृद्धशाली बनाउनमा समर्पितहरुको नाम कसैले दिन सक्तैनन् । प्रायःसबे भ्रष्टचारी, माफिया, स्मग्लर, खृष्टिएन तथा विदेशीका दलाल अनुभूत भैरहेको परिप्रेक्ष्यमा प्रतिबन्धित नेकपा (विप्लव) ले यस्ता अपराधी राष्ट्रघातिका विरुद्धको कार्वाहीर्ला “एकीकृत जनव्रmान्ति” को संज्ञा दिएका छन् । विगतको माओवादी तीनधारमा देखिएको छ । प्रचण्डले नेतृत्व गरेको धार प्रधानमन्त्री बन्ने महत्वाकांक्षाका साथ तत्कालिन एमालेमा समाहित भएको सो अनुभूतिलाई साक्षात हुने आधार तत्कालिन एमालेका मुखियाहरुको कृयाकलापले दिदैछ । मुख्य विभागहरु एमालेले नै राख्नेगरी गोप्य बैठक चलाईरहेछन । मूलधारको सत्तारुढ नेकपा एकताको १४ महिनापछि एकताको प्रकृया करिब टुंगोमा पुगेको बनाइदैछ । कम्युनिष्ट पार्टीको इतिहासमा दुईजना अध्यक्ष नेकपामा अटाएकाछन् । सहमति बमोजिम साढे दुई वर्ष ओलीले प्रधानमन्त्री भुक्चान गरी सकेपछि सहजतापूर्वक पद हस्तान्तरण नगरे पार्टि विभाजन हुने मनशाय रहेको बुझिन्छ । स्वार्थमा टक्राव आएछ भने बरु कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने, ओलीलाई हुन नदिने प्रचण्ड रणनिति रहेको प्रतित हुन्छ । नेकपाका ३२ विभाग मध्य १८ विभागको नेतृत्व तत्कालिन एमालेले र १४ विभागको नेतृत्व तत्कालिन माओवादीले गर्ने सहमति गरेका छन् । शिर्षस्थहरुले तदनुरुप जिम्मेवारी पाएका छन् । विगतको जस्तै विभिन्न देशमा सम्बन्धितहरु सँग सम्पर्क राख्न कामचावी हुनेगरी विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल, निति तथा प्रतिष्ठान विभागमा झलनाथ खनाल, आर्थिक र प्रचार विभागमा नारायण काजी श्रेष्ठ, संसदीय विभागमा सुवाश चन्द्र नेम्वाङ, वामदेव गौतमलाई संगठन विभाग । संगठनविभाग प्रमुखले अध्यक्षको चाहनानुसार संगठन चलाएन वा चावुक दिएनभने पार्टी अध्यक्ष संगठन बलमा निरिह बन्न पुग्छन् , तसर्थ विभागहरु मध्य संगठन विभाग सबै संगठनको उर्जा हो । यस्को शक्ति बुझेरै ईस्वर पोखरेल, रामबहादुर थापा र वामदेव गौतम बीच कम्पीटिसन थियो । देश यतिबेला सत्तारुढ र प्रतिवन्धित पार्टि नेकपा बीच एकले अर्कालाई माटियामेट पार्ने गरी अगाडी बढन कशरतमा छन् । “मानधन चाहिए एमालेमा जाउ” नारानै छ । एकीकृत जनक्रान्ति उदघोष गरेका छन् । गन्तव्य छर्लङ्ग छैन । बन्दुक पनि चलेका छन । पक्ष विपक्षमा गोली दोहोरो चलेका छन् । ड्रोन हमला गर्ने सम्मका कुरा आएका छन् । अफिसिएल लाईन पुलिस सेना सँग भिडने होइन गोली चलाउने होइन भन्छन । आम्ने साम्ने लडाईमा सेनालाई कुनै पनि विद्रोही शक्तिले पराजित गर्न सक्तैन, विगतकै घटना क्रमले पुष्टि गरी सकेको छ । नेत्रविक्रम चन्दको नेतृत्वमा जारी युध्द भनेको व्युरोक्रेसी, पार्टी पंक्ति, पुलिस, सेनामा रहेका भ्रष्टाचारी माथि निर्मम प्रहर गर्ने निति रहेको छ । मार्ने भन्दा पनि लुकाएको अथाह धनको पोको प्रतिवन्धित नेकपाका जिम्मेवारलाई सम्पन, पर्ने हुन्छ, नत्र सुलीमा झुण्डनुपर्ने हुन्छ । पंचायतकालमा पत्रकारले लेख्ता प्रतिवन्धित कांग्रेस कम्युनिष्ट भनेर लेख्थे, त्यस्तै पुनरावृत्त भएको छ विप्लव पार्टीमा । तत्कालिन माओवादी चार चिरा भएको देखिन् छ । प्रचण्डको चिरा एमालेमा, बाबुराम भट्टराईको चिराले कम्युनिष्ट राजनीतिनै त्यागेर अर्कौ बाटो लियो । सी.पी.गजुरेल नेतृत्वको समूह छुटै संघर्षरत छ । प्रचण्ड नेतृत्वमा संचालित जनयुध्द सम्पन्न नभै अधुरामै टुङयाइसकेको छ भनेर पूर्ण सम्पभटाका निम्ति आन्दोलिट छ । क्रान्तिलाई पूर्णतादिन नेत्रविक्रम चन्द नेतृत्वको प्रतिवन्धित नेकपा गोली गठा सहित युध्दको मैदानबाट “एकीकृत जनक्रान्ति” को झण्डा उठाईरहेको छन् । करिब एकहजार गिरफतारीमा परेका छन । माथिल्लो पदमा पुगेका पनि दर्जनौ पुनामा छन । २०५२ साल आसपासको स्थितिमा मुलुक पुनः डुबुल्किए जस्तो लाग्छ । बजारमा व्यापक चर्चा चल्यो नेत्रविक्रम चन्दले दिल्ली सरकारलाई धम्पायो कोसी व्यारेजको ५६ वटै ढोकामा बमवारी गरेर विहार बगाईदिउ कि नेपाल सरकारलाई दवाव दिएर चन्द पार्टीलाई बन्दोवस्त मिला, भन्यो भन्ने सम्मका प्रोपोगण्डा चलाईए । एकातिर वार्ता चलाउने, अर्कोतिर युध्दको तयारी गर्ने । “नरो वा कुन्जरो अस्वस्थामा हथोहथ” भने जस्तै हो छलछामको राजनिति जनजातिको युध्ल तथा साम्प्रदायिकता, धार्मिक द्धन्द र नेकपा विप्लवको गोली वारुदको युध्द हिउँमा चल्न सक्छ । वर्षात कालमा खोलानाला जस्ता अप्प्ठयारा ठाउहरुमा चन्दका लडाकुहरुले आक्रमण गर्न पनि सक्छन् । क्रान्ति गर्दै जादा परिपक्वता हासिल हुदै जाने हो । एमालेले बहुदललाई बहुदलीय जनवादको टाँचा लगाएर क्रान्ति विसर्जन गरे जस्तै माओवादीले गणतन्त्र प्राप्ति पछ क्रान्ति विसर्जन गरयो तर चन्द र गजुरेल नेतृत्वको पार्टीले धोका पायो भनेर निरन्तरता दिइरहेको अवस्था छ । माओवादीको जनयुध्दकालखण्डमा १० वर्षमा ३० हजार सेना निर्माण गरीसकेका थिए । पार्टी र सेनाको चिफ प्रचण्डमा विचलन आउनाले पार्टीलाई थाहै नदिई अवतरणतिर पुरयाए । शान्ति प्रकृयालाई निर्देश गर्ने दिल्ली थियो । गाउबा सहर घर भनेझै राजधानी बाहिरको मोफसलको ८० प्रतिशत भूभाग माओवादीको कब्जामा विगतमा थियो भने अहिलेको युध्द मोहनविक्रम सिंहले उदघोष गरेजस्तै सहर केन्द्रित विद्रोह गर अर्थात जताततै अराजकता आतंक मच्चाउने, वेग्लाबेग्लै ठाउमा फरक फरक अशान्त मच्चाउने, कोही कसैको अधिनमा नचल्ने एकीकृत जनक्रान्ति चलाउने लक्षण देखिन्छ । राजधानी कब्जा गर्ने सक्छन । दिल्ली सरकारले सीपी गजुरेलहरुलाई उपेन्द्र यादवहरुलाई सिलिगुढी जेलमा त्यतिबेला कुन मस्कदले राखेका थिए अब उजागर हुन्छ । किलो शेरा टु अप्रेशन हुदै यो ठाउमा आइपुग्दा पंचायतकालिन अवस्थामा पुरयाए जस्तो आममानिसलाई झल्झली भैरहेछ । स्थानीय तहमा सरकारको न्यायिक समिति कार्यरत छ । यस्को काउन्टरमा माकुराको जालो समूह पनि कार्यरत छ । जस्ले जमिनको झगडा, लेनदेन, बहुविवाह जस्तो मुद्दाको निराकण गर्छ । क्रान्ति पक्षीय एमाले माओवादी नयाँ क्रन्तिमा समहित हुदै गएका छन् । सबै राजनीतिक पार्टीमा खडेरीपर्दै गएको छ । भ्रष्टाचारमा नेपाल अद्धितिय भएझै राजनीतिक अस्थिरतामा उछिने कै छ । कहिल्यै स्थिर भएन, स्थिरताका निम्ति नेकपालाई जनताले दुईतिहाई बहुमत दिएको त्यो पनि कामयावी भएन । मुहान ठिक (सङलो) नहुँदासम्म निकाश (पुछार) ग्रहण योग्य हुन्न । राजाका पालामा माथि नै भ्रष्टाचार छ तल झन हुने नै भयो भन्थे, जनताको पालोमा पनि भ्रष्टाचार माफियाकरण छयापछयाप्ती छ, यस्को श्रोत भनेको पार्टीका प्रमुखहरु र कर्मचारीहरु हुन, सिकाउने खाने खुवाउनेको सन्जाल यिनकै छ । केही गर्द पनि नसकिने,, भ्रष्टाचारलाई निर्मूल पार्ने अठोटका साथ नेत्र विक्रम चन्दको नेतृत्वमा जारी एकीकृत जनक्रान्ति ले जनचाहना पूरा गर्न सक्यो भने नेपाली जताले अवस्य आभार व्यक्त गर्लान । किर्तिपुरमा पढदै गर्दा २०५२ सालमा कालिकोट जिल्ला रोजेर जाने चन्दले पछि पनि रोल्पा रुकुमको सुरक्षाको जिम्मेवारी बहन गरेकोले भरपर्दा मानिन्छन ।
भ्रष्टाचारको कारकतत्व अधिकार प्राप्त पद । जो व्यक्ति अधिकारपूर्ण पदमा छ, भ्रष्टाचार त्यही हुन्छ । पुलिस प्रशासन। सेना अर्थात कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका विभिन्न अंगहरु भ्रष्टाचारका कारक हुन् । विगत पंचायतकालमा व्यक्तिगत तवरमा भ्रष्टाचार गर्ने गर्थे, सकेसम्म पुछर लुकाएर नफस्नेगरी डराई डराई गर्थे, बहुदल कालमा संगठित रुपमा माथि देखि तलसम्म सेटिङ्ग मिलाएर खुलमखुल्ला गर्दै रहेको सबैलाई छर्लङ्गै छ । राष्ट्रले थेग्न नसक्ने कम्पयमान हुनेगरी पार्टीका नाममा अमुकका नाममा निरन्तर छ । भ्रष्टाचारकै कारण विकास खर्चको बेथिति सालन्ना देखिन्छ । कोष तथा लेखा नियन्त्रण कार्यालयबाट आर्थिक वर्षको अन्तिम तीन दिनमा चार खर्वका ४६ हजार चेक काटिएए । असारे विकास व्यापक चल्ने देशमा संघियता र कम्युनिष्ट शासन, एकअर्काको विपरित व्यवस्था लागु हुनुले पनि भ्रष्टाचारलाई वर्दान प्राप्त भएजस्तो छ । पंचायतकालमा रहने जिल्ला पंचायतका सदस्यहरु भन्दा बढीको संख्यामा तलमाथि गरेर एकहजार सांसद छन् । विगतको जिपंसको जतिको पनि हैसिएत छैन । करोडको मोलतोलमा मन्त्री र सांसद पद अधिकार वालाले बेचविखन गर्छन । सरुवा बढुवामा रकम बढावढको डाक चल्छ । राजदुत लगाएतका संवैधानिक पदहरुमा जस्ले बढी भन्दा बढी टक्रयाउँछ उसैले पद हत्याउछ र साँवा व्याज सहित लगानी असुल गर्छ, अनि भ्रष्टाचार रोकिएला भनेर के आधारमा अपेक्षा राख्ने ? मन्त्रीहरु अधिकार वालाहरु व्यापारीका घरमा रात्री भोज गर्ने कारण सबैले बुझेकै छन् । अर्वपतिहरुले सांसद पद साग किनेझै किन्छन् । निजी एयरलाईन्स प्रयोगर्ने कारण पनि रहस्यमयी हो । भ्रष्टाचारी, गुण्डा र विचौलिया मौलाएका छन् । सर्वोच्च अदालतले विदेश स्थित ४० लाख भन्दा बढी नेपालीलाई मतदानको अधिकार दिन निर्देशनात्मक आदेश दिएको छ । भ्रष्टाचार कुशासन एवं व्यवसायिक क्षेत्रमा सिन्ढिकेट भएजस्तै राजनीतिमा पनि सिन्डिकेट प्रथा छ । “ राईट टु रिजेक्ट र राईट टु रिकल (अस्विकार गर्ने अधिकार र फिर्ता बोलाउन पाउने अधिकार) भारत, अमेरिका, म्यानाडा, स्वीजरल्याण्ड जस्ता देशमा पनि रिकलकमो अभ्यास गरिएको छ । रिकलले लगाय कस्न उपयुक्त हुन्छ । तीन प्रतिशतको थे्रस होल्डले निश्चित पार्टीहरु मात्रै कायम गर्ने जालजुक्ति चलाईएको छ । भ्रष्टाचारले थिलथिलो भएको देशमा निर्वाचन एकदम महँगो भएकोउ परिप्रेक्ष्यमा तलदेखि माथिसम्म समावेशीय समानुपातिक प्राणाली अनुरुप मनोनयन गरी निर्वाचित भएको घोषण गर्दा निर्वाचन मितव्ययी हुनेथियो । तलदेखि माथि सम्मका पदहरु भ्रष्टाचारमुखी महँगा भएका कारण भ्रष्टाचारी, कालाबजारी, ठेकेदार, माफिया र नेपाली खृष्टिएन मैत्री निर्वाचनमा सर्वसाधारण प्रतिष्पर्धि हुन नसक्ने निर्वाचनहरुले प्रष्टयाउदै आएका छन् । मनोनित हुनपनि करौडोमा किनेर लिने हो । निर्वाचनमा टिकट तथा पार्टिको अधिकारीक पत्र लिन पनि पार्टीले तोक बमोजिमको मूल्य तिरेर लिने हो । सर्वमान्य सिध्दान्त नै हो–लगानी असुल्छ, फाइदा लिन्छ नै । नेपालको राजनीति एकको रिशमा अर्कोलाई सघाएर (भोट दिएर) संचालित हुदै आएको परिप्रेक्ष्यमा के भन्न सकिन्छ भने निर्दलको रिशले बहुदतलाई, कांग्रेसको रिशले कम्युनिष्टलाई, एमालेको रिशले माओवादीलाई, सत्तारुढ नेकपाको रिशले विद्रोही नेकपालाई सघाएकोउ अनुभूत भैरहेछ । सरकार एकपछि अर्को, विवादमा तानिदै गएर आन्दोलन निम्त्याउदै गरेको जस्तो लागीरहेछ । पार्टीगत शासकहरु व्पयापारी जस्ता नाफाखोरी देखिन्छन, प्रशासन ठेकदार जस्ता लाग्छन् । सुशासन सुनेका छन तर लागु गर्न सक्तैनन । भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने प्रधानमन्त्रीका उदगार टाँगिएका छन्, लागु भएका छैनन् । सिंगापुरका पूर्व प्रधानमन्त्री लिक्वान यु ले एउटा सिध्दान्त प्रतिपादन गरेका थिए– आफनै शासनकालमा सिंगापुरका प्रत्यक नागरिकलाई आर्थिक लाभमा सक्षम बनाउने । नेपालका प्रधानमन्त्रीले एकजना भ्रष्टलाई पनि कार्वाही गर्ननसकेको लज्जाजनक अवस्था छ । छिमेकी भारतका महात्मा गाँधीले एउटा धोती बेरेर महानता प्रकट गरे । भिएतनामका नेता होची मिन्हले टायरको चप्पल लगाउदा महान ठानिए । पहिरनले महानता दिने होइन, भाषणले सम्पन्नता आउने होइन । समृध्दि ल्याउने उदेश्य मूलकको कामले पुगिने हो ।

तपाईको प्रतिक्रिया