उदयपुर प्रदेश सभा १ (क) मा राजन किरातीले अग्रता बढाए
उदयपुर - उदयपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा निर्वाचन १ (क) को मतगणनामा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका राजन किराती (बासु) को एक हजार ३११ मतले अग्रता बढाएको छ ।
पछिल्लो मतपरिणाम अनुसार ३५ हजार २५२ मतमा किरातीले १३ हजार ७३५ मत र नेकपा एमालेका कुशलबाबु बस्नेतले १२ हजार ४२४ मत ल्याएका छन् ।
यस्तै जसपाका उम्मेदबार गणेश राईले दुई हजार २४८ मत, राप्रपाका उम्मेदबार सुभाष चन्द्र खड...











