उदयपुर । उदयपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा निर्वाचन १ (क) को मतगणनामा नेकपा एमालेका कुशलबाबु बस्नेत थोरै मतले अग्रता कायम गरेको छ । पछिल्लो ४ हजार २९५ मत गणना गर्दा एमालेका बस्नेतले एक हजार ६५५ मत ल्याएका छन भने सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदबार राजन किराती (बासु) एक हजार ६१४ मतले पछ्याई रहेको छ ।
यस्तै १२० मत बदर भएको छ भने उदयपुर निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा १(क) मा ३९ हजार ७० मत खसेको छ ।

तपाईको प्रतिक्रिया