बजार अनुगमन समितिको मौसमी बाजा
उदयपुर/उदयपुरको त्रियुगा नगरपालिका ३ का उषा कुमारी चौधरीले गाईघाटको एक पसलबाट छोरीको लागि वाइ वाइ तयारी चाउ चाउ किनेर घर लिएर आईन् । चाउ चाउ खोलेर खान खोज्दा ढुसी परिसकेको थियो । समय छदै चाउ चाउ ढुसी परेपनि एउटा चाउ चाउ साट्नको लागि ५० रुपैया भाडा तिरेर गाईघाट जानुआउनु भन्दा ३० रुपैया दान दिएको उनले अनुभव सुनाईन् ।
त्रियुगा नगरपालिका ६ की मिरा खनालले गएको गर्मी मौसममा चिसो पेय नखाएरै बिताइन् । गत...




