उदयपुर – उदयपुर निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा सदस्य २ (ख) मा रामकुमार खत्री विजयी भएको छ । सत्ता गठबन्धनको साझा उम्मेदबार नेपाली काँग्रेसका नेता रामकुमार खत्रीले १२ हजार ६२७ मत ल्याएर विजयी भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचन अधिकृतको कार्यालय कटारीले जनाएको छ । खत्रीले ३ हजार ३९१ मतान्तरले विजयी भएको हो।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका युवा उम्मेदबार जीवनाथ दाहालले ९ हजार २३६ मत ल्याएका छन् । कटारी  नगरपालिका र ताप्ली गाउँपालिका गरी २६ हजार १७६ मत खसेको थियो । खसेको मत मध्ये एक हजार १५८ मत बदर भएको छ । उनले सोही क्षेत्रमा २०७४ सालको प्रदेश सभा सदस्य पदमा पराजित भएका थिए ।

उदयपुर निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका अमर बहादुर रायमाझीले २ हजार ३५९ मतान्तरले जगनाथ खतिवडालाई पछि पार्दै सहज जित निकालेका हुन् ।

यस्तै उदयपुर निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा सदस्य २(क) मा नारायण बहादुर बुर्जा मगर ३५ मतान्तरणले विजयी भएका हुन् । उनले नेकपा एमालेका उम्मेदबार देवराज राईलाई पराजित गरेका हुन् ।

तपाईको प्रतिक्रिया