उदयपुर । उदयपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फको मतगणनाको पछिल्लो मत परिणाममा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदबार डा. नारायण खड्काले मतान्तर बढाएको छ ।डा. नारायण खड्काले १४ हजार २४१ म्त ल्याउँदा नेकपा एमालेकी मन्जु कुमारी चौधरीले १२ हजार ८३२ मतले पछ्याई रहेको छ । डा. नारायण खड्काको एक हजार ४०९ मतको अग्रता बढाएको छ ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार ३४ हजार ७९ मत गणना भईसकेको जनाएको छ । अझै ४२ हजार बढी मत गणना गर्न बाँकी रहेको छ ।
यस्तै राप्रपा नेपालका धुर्व रायमाझीले एक हजार ६५२ मत, जसपाका गोपाल राईले ९४९ मत र स्वतन्त्र राष्ट्रिय पार्टीका उद्धव अधिकारीले एक हजार ३८९ मत ल्याएका छन् ।
यस्तै २ हजार १५७ मत बदर भएको छ । उदयपुर निर्वाचन क्षेत्र १ को प्रतिनिधि सभाको लागि ७६ हजार ७५६ मत खसेको छ ।