उदयपुर – उदयपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा निर्वाचन १ (ख) को मतगणनामा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदबारको अग्रता कायमै रहेको छ । पछिल्लो ५ हजार ४१४ मत गणना गर्दा काँग्रेसका कार्कीले दुई हजार ४४९ मत ल्याएका छन भने एमालेका इश्वरमणि राउतले एक हजार ९२४ मतले पछ्याई रहेको छ ।
यस्तै २११ मत बदर भएको छ । राप्रपाका ज्ञान बहादुर राईले ३३९ मत ल्याएर तेस्रो स्थानमा रहेको छ । भने उदयपुर निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा १(ख) मा ३७ हजार ६८५ मत खसेको छ ।