परराष्ट्रमन्त्री डा. नारायण खड्का दुई हजार ३७९ मतले विजयी
उदयपुर – उदयपुर निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यमा डा. नारायण खड्का चौथो पटक निर्वाचित भएको छ । सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री डा. नारायण खड्काले दुई हजार ३७९ मतको फराकिलो मतान्तरले नेकपा एमालेका उम्मेदर मन्जु कुमारी चौधरीलाई पछि पार्दै विजयी भएको हो । परराष्ट्रमन्त्रीले ३१ हजार २६८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी चौ...










