उदयपुर – उदयपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । मत गणनादेखि नै अग्रता कायम गरेको डा. नारायण खड्काले पछिल्लो चरणमा पनि सोही सेरोफेरोमा मत ल्याईरहेको छ ।
पछिल्लो मत परिणाममा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदबार डा. नारायण खड्का एक हजार ८२५ मतले अग्रता कायमै रहेको छ । डा. नारायण खड्काले २७ हजार ४८२ मत ल्याउँदा नेकपा एमालेकी मन्जु कुमारी चौधरीले २५ हजार ६५९ मतले पछ्याई रहेको छ ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार ६७ हजार ८२ मत गणना भईसकेको जनाएको छ । भने ४ हजार १५९ मत बदर भएको छ । आज साँझसम्म सम्पूर्ण मत परिणाम आईसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाटले जनाएको छ।
यस्तै राप्रपा नेपालका धुर्व रायमाझीले ३ हजार ४२८ मत, जसपाका गोपाल राईले एक हजार ५४७ मत र स्वतन्त्र राष्ट्रिय पार्टीका उद्धव अधिकारीले ३ हजार ५५ मत ल्याएका छन् ।
उदयपुर निर्वाचन क्षेत्र १ को प्रतिनिधि सभाको लागि ७६ हजार ७५६ मत खसेको छ ।