उदयपुर – उदयपुर निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा सदस्य २ (क) मा नारायण बहादुर बुर्जामगर ३५ मतले विजयी भएको छ । सत्ता गठबन्धनको साझा उम्मेदबार नेकपा माओवादीका नेता बुर्जामगरले ८ हजार १०५ मत ल्याएर विजयी भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचन अधिकृतको कार्यालय कटारीले जनाएको छ ।
उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदबार देवराज राईले ८ हजार ७० मत ल्याएका छन् । लिम्चुङबुङ, रौता र उदयपुरगढी गाउँपालिका गरी १८ हजार ६९९ मत खसेको थियो । खसेको मत मध्ये ८९३ बदर भएको छ । उनले सोही क्षेत्रबाट २०७४ सालको प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको बाम गठबन्धनबाट स्वतन्त्र रुपमा भर्याङ चुनाव हिन्ह निर्वाचित भएका थिए ।