उदयपुरमा वन विनाश र डढेलोले गाउँ पस्न थाले जंगली जनावर
सुखिलाल चौधरी, उदयपुर ।
उदयपुरमा बढ्दो वन विनाशसँगै जंगली जनाबारको बासस्थान तथा आहार डढेलोले मासिँदै जान थालेपछि जंगली जीवजन्तुहरु गाउँ घरमा छिरेर आतंक मच्चाउन थालेका छन् ।
गएको एक महिनाभित्र जंगली जनाबरको बास स्थान तथा आहार डढेलोले मासिन थालेपछि बाँदर, भालु, बदेल, हात्ती लगायतका जनावरहरु गाउँ गाउँमा पसेर आतंक मचाउन थालेका हुन् ।
गत फागुन २८ गते कटारी नगरपालिका १ बस्ने ७७ वर्षिय वृद्ध नैन बहा...













