आज बडादशैको आठौ दिन महाअष्टमी, देशभर बली दिई पूजाआर्चना गरिँदै
उदयपुर/ नेपालीहरुको महान चाड बडा दशैको आठौ दिन देशभरीका शक्तिपिठहरुमा बलीसहित पूजाआर्चना गरिँदै छ । आजैको दिन देबीले राक्षसहरुलाई मारेको दिन भएकोले जनावारहरुको बलिदिने चलनको सुरुवात गरिएको हिन्दु धर्मग्रन्थहरुमा लेखिएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन पूजाकोठा, दर्शैघर अथवा मण्डपमा वैदिक विधिपूवक नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको स्थानमा आज महा अष्टमीको पूजाआजा गरिन्छ । आज मध्यरातमा कालर...













