उदयपुर/उदयपुरको त्रियुगा नगरपालिका ७ कौवाईमा मंगलबार बिहान मोटरसाईकल दुर्घटना हुँदा चलकको घटनास्थलमा नै ज्यान गएको छ भने अन्य एक जना घाईते भएका छन् ।
मदन भण्डारी राजमार्ग अन्र्तगतको गाईघाट–नेपालटार सडक खण्डको कौवाईमा स.८.प.९८०८ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका १३ बसपार्कका ५० बर्षीय दिनेश पौडे्लको घटना स्थलमै ज्यान गएको हो । दुर्घटनामा मोटरसाईकलमा सवार त्रिनपा १३ का ४५ बर्षीय कुलबहादुर थापा गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्रदेव राईले बताए ।
रौतामाई गाउँपालिकाको वडानं ७ मुर्कची बजारबाट त्रिनपा १३ घरतर्फ आउनेक्रममा कौवाई खोलामा लगाइएको काठेपुलबाट मोटरसाईकल चिप्लिदा दुर्घटना भएको हो । घाईतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । सर्वसाधरण आवतजावत गर्नका लागि बनाइएको काठेपुल पछिल्लो समय राजमार्गले तलबाट सडक बनाएपछि प्रयोग विहीन बनेको थियो ।









