प्रदेश १ मा संक्रमितको संख्या २४० पुग्यो
विराटनगर । शुक्रबार प्रदेश १ मा ३९ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या २ सय ४० पुगेको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार झापामा ११ जना, मोरङमा ६ जना, सुनसरीमा १७ जना, भोजपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मोरङका संक्रमित सबै रतुवामाई नगरपालिकाका हुन् । सुनसरीमा भोक्राह नरसिंह गाउँपालिकामा १२, बर्जु गाउँपालिकामा ३, धरान उपमहानगरपालिका ...








