सांसद विकास कोषको रकम कोरोना कोषमा राखौं : नेकपा प्रवक्ता श्रेष्ठ
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायाणकाजी श्रेष्ठले सांसद् विकास कोष अनावश्यक मात्र नभइ अनुचित समेत भएको बताएका छन् । सांसद् विकास कोष आवश्यक नभएको भनेर आफूले धेरै पहिल्यैदेखि कुरा उठाएको आएको श्रेष्ठको दावी छ ।उनले अहिले मुलुक कोरोना भाइरस (कोभिड १९)को संकटमा रहेका कारण सांसद् विकास कोषको खर्च नभएको रकम कोरोना कोषमा राख्न आग्रह समेत गरेका छन् ।
https://twitt...













