नयाँ वर्ष २०७७ लाई स्वागत गर्न हामी नेपालीहरू उत्साहित हुन सक्ने अवस्था छैन । विश्व सँगै हामी पनि नोवेल कोरोना भाइरस विरुद्धको युद्धमा छौँ । आज सबै नेपालीहरू आफ्नै घरमा बन्दी अवस्थामा छौँ । सायद, इतिहासमै पहिलो पटक यति निराशिलो र उमगं विहीन ढंगमा विक्रम सम्बतको नयाँ साललाई स्वागत गरिँदै छ ।
२०७६ साल अब हामी बीच पुरानो भएर सदाका लागि बिदा भएको छ । आजदेखि हामी निकै सपनाहरू, कामनाहरू साँचेर नयाँ वर्ष विक्रम सम्वत् २०७७ लाई स्वागत गर्दैछौं । एउटा वर्ष सकिनु र अर्काे वर्ष आरम्भ हुनु सामान्य प्रकृया हो । केवल एउटा ‘क्यालेण्डर’ वा ज्योतिषीय पात्रो फेरिए जस्तो मात्र । तर वास्तविकता त्यस्तो हुँदैन । व्यक्ति, समाज वा राष्ट्रको जीवनमा बितेको वर्षभरिका घटनाहरू र आगामी वर्षका सम्भावनाहरूको आफ्नै विशिष्ट महत्व हुन्छ । एउटा व्यक्ति, समाज वा राष्ट्रले बितेको वर्षबाट धेरै शिक्षा लिन्छ र आगामी वर्षको मार्गचित्र कोर्छ । बितेको वर्षको मूल्यांकन र नयाँ वर्षको सपना हामी यसैकारण निर्धारण गर्छाै । त्यसो त वि.सं. २०७६ लाई पनि हामीले एकदमै नयाँ आशा र सम्भावनाको दृष्टिले हेरेका थियौं । त्यो पुरा भयो, भएन समिक्षाको बिषय बन्ला । स्थायी सरकार बनेर राज्य समृद्धिको मोडमा रहेको बेला राम्रै राम्रो सोच्नु र राम्रै राम्रो सपना देख्नु हामी सबैका लागि स्वाभाविक थियो । तर फेरि पनि हामीले सोचेजस्तो, हामीले कामना गरेजस्तो वा हामीले सपना देखेजस्तो केही पनि भएन । उही महँगी, उही मूल्यवृद्धि, उही असुरक्षा, भ्रष्टाचार । कहीं कतै सन्तोष लिने ठाउँ भएन ।
सरकारमा राम्रालाई भन्दा हाम्रालाई बढी प्राथमिकतामा राख्दै कामकाज अघि बढ्यो । स्थानीय सरकारको गति चलेपनि बेला बेलामा विवादित बन्दै गएको समाचारहरु पढ्न र सुन्न पाउँछौ । स्थानीय तहमा पहिलाका भन्दा बढी भ्रष्टचार बढ्यो, पहुँच, अवसरवादीले मात्रै लाभ लिन पाए भने उँही नारामा मात्रै सिंह दरबारको सरकार गाउँ गाउँमा भाषणै सिमित हुन पुग्यो । चुनावताका नेताहरुले बोलेको अधिकांश भाषणका कुराहरु आम सर्वसाधारणहरुको लागि कति पुरा भए कति पुरा भए त्यसको समिक्षा हुनु जरुरी छ ।
राज्य सञ्चालनको जिम्मा लिएकाहरूले हजारौँ पटक सुख र समृद्धिका कुरा गरे । तर, आम नेपालीले भने त्यस तर्फको यात्रामा मुलुकले पहिलो कदम चालेको समेत देख्न पाएनन् । प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना, वर्षभरी चर्चामा बालुवाटार जग्गामा भूमाफिया प्रकरण, पूर्व सभामुख कृष्ण बहादुर महरा यौन काण्ड, काँग्रेस सांसद अफताव आलमले हिटलरलाई सम्झाउने झल्को दिने जिउँदै मान्छे जलाएको घटनाको निन्दा, भारतीय नक्सामा नेपाली भूमि, गुठी विधेयकविरुद्ध जनसागर, ७० करोड कमिसन वार्ताले बाँस्कोटाको मन्त्री पद गुम्यो लगायतका खबरहरु कान टट्याउने गरी सुन्न पर्यो ।
वर्षको अन्त्यमा विश्वलाई नै लपेटेको कोरोना भाइरसको सन्त्रासमा लकडाउन भोगिरहेका नेपाली नागरिकले त्यो बेला समेत भर परेकाहरूबाट सुखद खबर प्राप्त गर्न सकेनन् । लोक लाज केहिको हेक्का नराखी स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गरेको छर्लगं देखियो । प्रधानमन्त्रीले त्यसको बचाऊ नै गर्न खोजे । जनता झन् निराश बन्न बाध्य भए । तसर्थ २०७६ फलदायी हुन सकेन ।
यी सबै फेरि नदोहोरियोस् भन्ने कामना गर्नु बाहेक निरीह नेपाली नागरिकसँग विकल्प छैन । आज, वैशाख १ गतेको सूर्योदयले सम्पूर्ण नेपाली नागरिकका असीम इच्छा, आकांक्षा, चाहाना र भावना पूर्ति गर्ने सन्देश बोकेर आओस् । सूर्यका किरणहरूले सारा संसार सँगै दुखी नेपाली जनतालाई थप पिडा थप्दै गरेको कोरोना भाइरसको अन्त्य गरोस् । भोक र अभाव तर्फ धकेलिँदै गरेको नेपालीको भाग्य सुखको बाटो तर्फ मोडियोस् ।
उल्लेखित चाहाना र भावना पूर्ति गर्ने तर्फ राज्यका हरेक जिम्मेवार नागरिकको ध्यान जाओस् । सरकारमा बसेकाहरूको सद्बुद्धि आओस् । जस्तो सुकै समस्यामा भए पनि सत्य र न्यायको पक्षमा उभिने नेपालीको चरित्रमा परिवर्तन नहोस् ।
यी सबै फेरि नदोहोरियोस् भन्ने कामना गर्नु बाहेक निरीह नेपाली नागरिकसँग विकल्प छैन । आज, वैशाख १ गतेको सूर्योदयले सम्पूर्ण नेपाली नागरिकका असीम इच्छा, आकांक्षा, चाहाना र भावना पूर्ति गर्ने सन्देश बोकेर आओस् । सूर्यका किरणहरूले सारा संसार सँगै दुखी नेपाली जनतालाई थप पिडा थप्दै गरेको कोरोना भाइरसको अन्त्य गरोस् । भोक र अभाव तर्फ धकेलिँदै गरेको नेपालीको भाग्य सुखको बाटो तर्फ मोडियोस् ।
उल्लेखित चाहाना र भावना पूर्ति गर्ने तर्फ राज्यका हरेक जिम्मेवार नागरिकको ध्यान जाओस् । सरकारमा बसेकाहरूको सद्बुद्धि आओस् । जस्तो सुकै समस्यामा भए पनि सत्य र न्यायको पक्षमा उभिने नेपालीको चरित्रमा परिवर्तन नहोस् ।
नेपाली जनतालाई सू–सुचित गर्ने जिम्मेवारीबाट सञ्चार माध्यम विमुख नबनुन् । मिडियालाई साथ दिन नसके पनि तगारो बनेर सरकार नउभियोस् । आफ्नो गल्ती स्विकार्ने क्षमता सबै तह, तप्का, निकाय र संगठनहरुमा विकास होस् । ‘समाज रुपान्तरणका लागि खोज पत्रकारिता’ भन्ने मुल नाराका साथ स्थापना भएको यस अनलाइनले भ्रष्टचार, अन्याय अत्याचार, लैंगिक हिंसा, समाजमा घटेका र लुकाएका घटनालाई नागरिक बहसको खोजीको विषय बन्ने र नागरिकलाई सुसूचित गर्ने पहिलो प्राथमिकता हुनेछ । भने अर्थतन्त्रलाई समृद्ध बनाउन प्रयासरत रहनेछ । नागरिक बहसले विविध विधाका समाचारहरु अनवरत रुपमा सम्प्रेषण गर्न थप जिम्मेबार बन्ने छ । नागरिक बहसले राजनीतिक, सामाजिक, आर्थिक, खेलकुद, मनोरञ्जन लगायतका विभिन्न विधामा समाजमा लुकेका खोजमूलक र रोचक कभर तथा फिचर रिपोर्ट प्रस्तुत गर्ने जमर्को गर्नेछ । निष्पक्षता नागरिक बहसको विशिष्ट पक्ष हो । नागरिक बहसले समाचार र विज्ञापनको सन्तुलनलाई विशेष महत्व दिइनेछ ।
अन्तमा हामीले हाम्रा प्रिय पाठकहरूबाट पाएका माया, हौसलाहरु त्यसै मर्न दिनेछैनौं । नयाँ बर्ष २०७७ सवैको हर्ष र उत्साहको बर्ष बनोस्, देशले सम्वृद्धिको बाटो समाओस्, भ्रष्टाचार र कुरीतिका घटना सुन्न नपरोस् , प्राकृतिक प्रकोप र अप्रिय घटना नदोहोरिउन ।
नयाँ बर्ष २०७७ को पावन अवसरमा हामी हाम्रा सम्पूर्ण पाठक र विज्ञापनदाताहरूको साथै सम्पूर्ण मान्यजन, स्वदेश तथा विदेशमा रहनुहुने आमाबुवा, दाजुभाई, दिदीबहिनी, शुभचिन्तक सबै नेपालीहरू रोग, शोक, महामारी, अभाव, अशान्ति र निराशाबाट मुक्त भई सुख, शान्ति र स्वस्थ रहुन् ! नागरिक बहस अनलाइन परिवारको तर्फबाट नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना !

तपाईको प्रतिक्रिया