उदयपुरमा बाढीले बगाएर १ जनाको मृत्यु

उदयपुरमा बाढीले बगाएर १ जनाको मृत्यु
उदयपुर । उदयपुरको बेलका नगरपालिका ३ भोटेपुल नजिक कल्भडमा आएको बाढीले बगाएर बेपत्ता भएका धरान उपमहानगरपालिका ५ का ३५ बर्षीय कर्ण बहादुर राई मृत फेला परेका छन् । श्रावण १२ गते धरानबाट सब्जी खेति लगाउन बेलका नगरपालिका ३ सिसौली टप्पु गएका राई श्रावण १३ गते राती ८ बजे प्रदेश १-०२-००२ च ४००५ नम्बरको गाडीमा घर फर्कदै गर्दा उक्त कल्भडमा बाढी आएको देखि चालकलाई गाडी रोक्न लगाई गाडीबाट ओर्लेर बाटो नियाल्ने क...

उदयपुरमा ३ फरार प्रतिवादी पक्राउ

उदयपुरमा ३ फरार प्रतिवादी पक्राउ
उदयपुर । जिल्लामा प्रहरी प्रमुखमा नयाँ प्रमुख आएसँगै फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् । पछिल्लो चरण एकै दिन ३ जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका १ भालुखोप बस्ने २८ वर्षिय धनबहादुर राई र सोही ठाउँ बस्ने २५ वर्षिय अमर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए । उनका अनुसार जिल्ला अदालत उदयपुरको २०७१ कार्तिक ९ गतेको फ...

उदयपुरमा मिनी ट्रकको सापट भाँचिएर स्थानीयलाई लाग्दा उपचारको क्रममा मृत्यु

उदयपुरमा मिनी ट्रकको सापट भाँचिएर स्थानीयलाई लाग्दा उपचारको क्रममा मृत्यु
उदयपुर । उदयपुरमा आईतबार अन्दाजी १२ बजेको समयमा मिनी ट्रकको सापट भाँचिएर उछिटिएर लाग्दा एक पैदल यात्रुको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ६ लालपत्ताका स्थानीय ५५ वर्षिय सनमान कामीको उपचारको क्रममा मृत्यु भएको छ । गाईघाटबाट सिरहाको लहानतर्फ गईरहेको मिनी ट्रकको सापट भाचिन गई कामी लाग्दा गम्भिर घाइते भएका थिए । उनको उपचारको क्रममा सिरहाको लहान स्थित लहान नर्सिङ होममा उप...

तामाङविरुद्ध १० वर्ष कैद र एक लाख जरिवानासहित क्षतिपूर्तिको माग

तामाङविरुद्ध १० वर्ष कैद र एक लाख जरिवानासहित क्षतिपूर्तिको माग
उदयपुुर । आठ वर्षीय नावालकको खप्पर फुटाएको आरोपमा पक्राउ परेका वकिल इन्द्रबहादुर तामाङविरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १८३ विरुद्धको कसुर स्थापित भएको भन्दै आइतबार अभियोग पत्र जिल्ला अदालत उदयपुरमा बुझाइएको छ । सोमबार अभियुक्त तामाङविरुद्ध थुनछेक बहस हुने भएको छ । कसुर सावित भए वकिल तामाङलाई दस वर्ष कैद र एक लाख रुपैयासम्म जरिवाना हुन सक्ने छ । घटनाको जाहेर पीडित नावालक आयन लिम्बूको आम...

नोवेल र कोशी अस्पतालको लापरबाहीले एम्बुलेन्समै मृत्यु भएका उदयपुरका युवामा कोरोना नभएको पुष्टि

नोवेल र कोशी अस्पतालको लापरबाहीले एम्बुलेन्समै मृत्यु भएका उदयपुरका युवामा कोरोना नभएको पुष्टि
उदयपुर । विराटनगरका दुई अस्पतालमा भर्ना नलिएर उपचार नपाउँदा एम्बुलेन्समै मृत्यु भएका उदयपुरका युवामा कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उदयपुरको कटारी नगरपालिका–५ का २३ वर्षीय पदम राईको कोरोना रिपोर्ट नेगेटिभ आएको पुष्टी भएको हो । कोरोना भाइरसको संक्रमण रहेको हुन सक्ने आशंका गर्दै विराटनगरका नोबेल, कोसी जस्ता ठूला अस्पतालले उपचार अस्वीकार गरेपछि एम्बुलेन्सभित्रै शुक्रबार दिउँसो लगभग ३ः३० बजेतिर उनको...

उदयपुरमा आफैले भरुवा बन्दुक पड्काएर आत्मा हत्या

उदयपुरमा आफैले भरुवा बन्दुक पड्काएर आत्मा हत्या
उदयपुर । जिल्लाको लिम्चुङबुङ गाउँपालिका ५ जाँतेका विध्याराज राई आफ्नै घरमा भरेर राखेको भरुवा बन्दुकले आफ्नै निधारमा हानेर आत्मा हत्या गरेको छ । शुक्रबार साँझ ७ बजेको समयमा पहिल्यै भरेर राखेको बन्दुकले निधारमा हानेर आफ्नै आत्माहत्या गरेको राईको घटना स्थलमै मृत्यु भएको हो । घटनापछि जिल्ला प्रहरी कार्यालय उदयपुरका डिस्पी गोविन्द पुरीको टोली घटना स्थलको प्रकृति मुचुल्का तयार पारी फर्किनेक्रममा रहेको...

बेलका नपाको भ्रष्टचार विरुद्धको अभियानमा उपमेयर चौधरीलाई ४ राजनीतिक दलले साथ दिने (विज्ञप्ती सहित)

बेलका नपाको भ्रष्टचार विरुद्धको अभियानमा उपमेयर चौधरीलाई ४ राजनीतिक दलले साथ दिने (विज्ञप्ती सहित)
उदयपुर । बेलका नगरपालिकाका उपमेयर राजकुमारी चौधरीलाई भ्रष्टचार विरुद्धको अभियानमा विपक्षी दल नेपाली काँग्रेस नगर कमिटी सहित ४ राजनीतिक दलले साथ दिने भएका छन् । विपक्षी राजनितिक दल सहित शुक्रबार एक बिज्ञप्ती जारी गर्दै बेलका नगरपालिका कि उपप्रमुख राजकुमारी चौधरीको फेसबुकमा पोष्ट भएको नगरपालिकामा भ्रष्टचार भईरहेको र यस बिषयमा अवाज उठाउदा कुनै सुनुवाइ नभएको घटना प्रति ध्यान आकर्षण भएको जनाएको छ । ...

उदयपुरमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

उदयपुरमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
उदयपुर । उदयपुरको बेलका नगरपालिका १ आम्बासीमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । विहिबार साँझ ५ः१५ बजेको समयमा को २ त ५१८२ नम्बरको ट्याक्टरबाट सोही वडाका ४५ वर्षिय तिर्थ बहादुर कार्की लडी सोही ट्याक्टरको पछाडीको चक्काले किचेर घाइते भएका थिए । घाइते कार्कीको विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा साँझ ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले ...

उदयपुरमा कुलो खन्ने क्रममा चिप्लिएर एक जनाको मृत्यु

उदयपुरमा कुलो खन्ने क्रममा चिप्लिएर एक जनाको मृत्यु
उदयपुर । उदयपुरमा खेतमा पानी लगाउन कुलो खन्ने क्रममा चिप्लिएर एक जनाको घटना स्थलमै मृत्यु भएको छ । बुधबार कटारी नगरपालका १४ घुर्मी बस्ने ५७ वर्षिय कृष्ण बहादुर मगर बादुरा खोलाको कुलोको आलिबाट चिप्लिएर ३० मिटर मुनी खस्दा घटना स्थलमै खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । कानूनी प्रक्रियाका लागि प्रहरी घटना स्थल तर्फ गएको प्रहरीले जनाएको छ ।

उदयपुरमा फरार प्रतिवादी साढे पाँच वर्षपछि पक्राउ

उदयपुरमा फरार प्रतिवादी साढे पाँच वर्षपछि पक्राउ
उदयपुर । उदयपुरमा फरार प्रतिवादी धमाधम पक्राउ पर्न थालेका छन् । २०७२ साल चैत्र २२ गतेबााट सार्वजनिक मुद्धामा ५ हजार जरिवाना तोकी फरार रहेका त्रियुगा नगरपालिका ११ बस्ने २७ वर्षिय हरिवल राईलाई गोप्य सूचनाको आधारमा पक्राउ परेको छ । पक्राउ परी आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय उदयपुर पठाईएको प्रहरीले जानकारी दिएका छन् ।