हावाहुरीले घर उडाउनेलाई त्रिपाल (फोटो फिचर)
उदयपुर । उदयपुरमा बुधबार आएको हावाहुरीबाट घर उडाउनेलाई त्रियुगा नगरपालिकाद्वारा त्रिपाल वितरण गरेको छ । त्रियुगा नगरपालिका २ स्थित जोगिदह, खैजनपुर र मिलन चौकमा हावाहुरीले घर उडाउने ७ घर परिवारलाई नगरपालिका विपद् व्यवस्थापन समितिले एक कार्यक्रम गरी त्रिपाल वितरण गरेको छ ।
बुधबार पानीसँगै हुरीबतासले त्रियुगा नगरपालिका २ का रामकुमार चौधरी, भिमबहादुर कटुवाल, हरि नारायण चौधरी, विन्देश्वर चौधरी, कोपिला...













