उदयपुरमा चट्याङ लागेर एक युवकको निधन
उदयपुरमा । उदयपुरमा मंगलबार बेलुका साँझ ५ बजेतिर परेको चट्याङले एक जना युवाको निधन भएको छ । चौदण्डीगढी नगरपालिका–५ शिवाइका २६ वर्षीय रोशन चौधरीको निधन भएको हो ।
चट्याङ लागि घाइते भएका चौधरीको उपचारको क्रममा सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
खेतबारीमा काम गरिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर घाइते भएको थ...













