किस्ता तिर्न नसकेको भन्दै स्वावलम्वन बैंकद्वारा दत्त सार्कीको भैंसी जफत

किस्ता तिर्न नसकेको भन्दै स्वावलम्वन बैंकद्वारा दत्त सार्कीको भैंसी जफत
जुम्ला । पुरानो जमानाका मुखिया र सामन्तलाई बिस्थापित गर्दै गाउँ गाउँ र टोल-टोल बीच पुगेका बैंक तथा वित्तीय संस्थाहरुले सोझा-सादा जनतामाथि मुखिया र सामन्तलेभन्दा बढी शोषण गरिरहेका छन् । शुरुमा १८ प्रतिशत ब्याजमा गाउँलेहरुलाई ऋण लगानी गर्छन र समयमा किस्ता तिर्न नसकेको भन्दै ब्याजको स्याज लगाउन्छन् । अन्तमा ती बैंक तथा वित्तीय संस्थाहरुले सोझा-सादा जनताको धितो जफत गरेर बेघरबार बनाउंछन् । ...

साढे ५ केजी गाँजा सहित एक भारतीय नागरिक पक्राउ

साढे ५ केजी गाँजा सहित एक भारतीय नागरिक पक्राउ
लहान । सिरहा नगरपालिका १७ पटेर्वा कमला खोला छेउबाट सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई ५ केजी ४५० ग्राम अबैध गाँजा सहित पक्राउ गरेको छ । भारत मधुवनी जिल्ला कोलुवाही बलुवा टोलका २८ वर्षिय शत्रुधन कुमार सिंहलाई BR01BX4249 नम्बरको मोटर साइकलमा लुकाई छिपाई गाँजा लैजाने क्रममा सशस्त्र प्रहरी बल सिमा सुरक्षा पोष्ट माडरका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर शाहीले टोलीले ५ केजी ४५० ग्राम अवैध लागू...

मादक पदार्थ सेवन तथा विक्री वितरणमा रोक

मादक पदार्थ सेवन तथा विक्री वितरणमा रोक
डि.एन चौधरी, उदयपुर । उदयपुरको एक गाउँमा जाड रक्सी सेवन तथा बिक्री वितरण गर्नमा रोक लगाएको छ । जिल्लाको त्रियुगा नगरपालिका ९ को बरुवा इट्टा भट्टा मुसहरी टोलमा जाड रक्सी सेवन र बिक्री वितरण गर्न बिहिवारबाट रोक लगाएको हो । मुसहर बस्तीका युवाहरु ज्याला मजदुरी काम गर्ने र आएको पैसाले एकै दिन जाड रक्सीमा सक्ने हुनाले रोक लगाएको हो । त्रियुगा नगरपालिका ९ का वडाध्यक्ष धन बाहादुर दनुवार र अस्थाई प्रहरी प...

सिमामा रोकियो तरकारी, विषादी जाँच नगर्न भारतीय दबाब

सिमामा रोकियो तरकारी, विषादी जाँच नगर्न भारतीय दबाब
काठमाडौं - सरकारले विषादीयुक्त तरकारी र फलफूल आयात रोक्न सीमानाकामा कडाइ गरेपछि भारतले आपत्ति जनाएको छ। उसले विषादीयुक्त तरकारी र फलफूल जाँच्न नेपाल सरकारले गरेको नयाँ व्यवस्था हटाउन दबाब दिएको छ। भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूल विषादीयुक्त भएको भन्दै सरकारले जाँच गर्न थालेपछि काठमाडौंस्थित भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर आपत्ति जन...

जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ
उदयपुर । उदयपुरमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी बुधबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १० बोक्सेका २७ वर्षिय महेश शाहीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका शाही विरुद्ध २ वर्ष ११ महिना २१ दिन कैदको फैसलामा फरार प्रतिवादी हुन् । पक्राउ परेका प्रतिवादी शाहीलाई जिल्ला अदातलमा उपस्थित गराई जिल्ला करागार चलान गरेको प्रहरीले जानकारी दिए ।

९ महिने दुधे बालिका बलात्कृत, अवस्था गम्भिर !

९ महिने दुधे बालिका बलात्कृत, अवस्था गम्भिर !
लहान । सिरहाको लहान नगरपालिका २४ मा ९ महिने एक दुधे बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । बलात्कार गर्ने १४ बर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार घरमा कोही नभएको मौका छोपेर बालिकालाई बलात्कार गरेका छन् । घरका मानिसहरु काम गर्न खेत गएका थिए । मात्र ९ महिनाकी दुधे बालिका बलात्कार भएपछि घटनाले चर्चा पाएको छ । यतिबेला जताततै यही घटनाको चर्चा सुनिन्छ । बलात्कृत बालिकाकी आमा...

अचम्मको घटनाः तीन वर्ष अघि भारत जाँदा छोरा, घर फर्किदा छोरी

अचम्मको घटनाः तीन वर्ष अघि भारत जाँदा छोरा, घर फर्किदा छोरी
कञ्चनपुर । तीन वर्ष अघि भारत गएका छोरा घर आउँदा छोरी बनेको देखेपछि गंगादेवि चतिक परिन् । कृष्णपुर नगरपालिका–१ दोमिल्लाका गंगादेवीको छोरा सुरेन्द्र रोजगारीका लागि २०७२ सालमा भारत गएका थिए । अहिले घर आउँदा त उनी छोरी बनेको देखेपछि गंगादेवी चकित परेकी हुन् । फुपाजूसँगै भारत गएका सुरेन्द्र घर फर्किदा परिवारका सदस्यले चिनेनन् । छोरालाई काम गर्न भारत पठाएको तर घर पुग्दा कुनै केटी मान्छे आएपछि कसर...

भाटभटेनी सुपर मार्केटका अध्यक्ष र दुई भूमाफियामाथि सम्पत्ति शुद्धीकरण छानबिन

भाटभटेनी सुपर मार्केटका अध्यक्ष र दुई भूमाफियामाथि सम्पत्ति शुद्धीकरण छानबिन
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुई जना भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ ।बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को छानबिनमा परेका गुरुङ, ढकाल ...

बलान विहुल गाउँपालिकामा अख्तियारको छापा, कागजपत्र नियन्त्रण

बलान विहुल गाउँपालिकामा अख्तियारको छापा, कागजपत्र नियन्त्रण
राजेन्द्र महतो लहान । सप्तरीको बलान विहुल गाउँपालिकामा अख्तियारको टोलीले ले छापा मारेको छ। विकास निर्माणमा व्यापक भ्रष्टाचार भएको भन्दै उजुरी बारम्बार आएपछि आयोगको इटहरी कार्यालयको सात जना कर्मचारीको टोलीले लगातार दुई दिन छापा मारेको हो। अख्तियारको टोली गाउँ पालिका पुग्दा जनप्रतिनिधि तथा कर्मचारीहरूको भागाभाग भएको थियो। गाउँपालिकामा सम्पन्न भएका विभिन्न योजनाको महत्वपूर्ण कागजात छानबिनका लागि ल...

म्याजिक र ट्रक एक आपसमा ठोकिदा ३ जनाको मृत्यु, १२ घाईते, १ गम्भीर

म्याजिक र ट्रक एक आपसमा ठोकिदा ३ जनाको मृत्यु, १२ घाईते, १ गम्भीर
राजेन्द्र महत्तो, लहान । सिरहामा यात्रु सवार म्याजिकलाई ट्रकले ठक्कर दिँदा ३ जनाको ज्यान गएको छ । दुर्घटनामा परेर अन्य १२ जना घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका–११, स्थित पडरिया चोकमा सोमबार दिउँसो डेढ बजेतिर एक यात्रु सवार म्याजिकलाई माल बाहक ट्रकले पछाडिबाट ठक्कर दिँदा भयानक दुर्घटना हुन पुगेको हो । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना. १ ज. ७४५४ नम्बरको म्या...