४ करोड भारतीय नोटसहित युनुस अन्सारी पक्राउ
काठमाडौं । कतार हुँदै नेपाल छिराइएको भारतीय २ हजारका नोट समेत रहेको करोडौं रकमसहित त्रिभुवन विमानस्थलबाट युनुस अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । उनीसहित अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको छ ।
ठूला दुई सुटकेसमा यसरी भारतीय नोट ल्याइएको त्रिभुवन विमानस्थल प्रहरी प्रमूख एसएसपी सन्दिप भण्डारीले पुष्टि गरे । कतारबाट आएका भारतीय नागरिकसहित तीन जनालाई नियन्त्रणमा लिएको बताउँदै भण्डारीले दैनिक न...













