पाँचौ राष्ट्रिय योग दिवसमा निःशुल्क योग शिविर
उदयपुर । उदयपुरमा पाँचौं राष्ट्रिय योग दिवस शुरु भएको छ । योग दिवसको अवसर पारेर उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा निःशुल्क योग शिविर आयोजना गरिएको हो ।
‘योग गरौं, निरोग रहौं’ भन्ने मूल नाराका साथ निःशुल्क योग शिविर शुरु भएको हो । सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास पाँच दिनसम्म चल्ने छ ।
कार्यक्रमको शुरुवात जिल्ला समन्वय समितिका संयोजक खड्ग बहादुर परियारको प्रमुख अतिथ्यतामा निःशु...













