विनोद चौधरीद्वारा राजस्व छली र पूँजी पलायन गरेको ठहर
काठमाडौं । विश्वको धनीको सूचीमा नाम लेखाएर प्रचारबाजी गर्ने तर देशमा विद्यमान ऐन अनुसार कर नबुझाउने चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली काँग्रेसको संघिय सदनको समानुपातिक सांसद बिनोद चौधरीमाथी सरकारले निगरानी बढाएको रोशन कार्कीले आर्थिक दैनिकमा समाचार लेखेको छ ।
आफुलाई डलर अर्बपतिको रुपमा प्रचार गर्दै आएका व्यापारी चौधरीले शक्तिकेन्द्रकै आँडमा राजश्व छलेको र पूँजी पलायनमा संलग्न भएको सूचनाका आधारमा...