अझै २२७ जनामाथि आशंका, रिपोर्ट आउन बाँकी
काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या दुई सय १७ पुगेको छ । मंगलबार मात्रै ८३ नयाँ संक्रमित देखिएका छन् । २४ घन्टामै यति ठूलो संख्यामा संक्रमित देखिएको पहिलोपटक हो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार पर्सामा ५७, रूपन्देहीमा नौ, कपिलवस्तु आठ, महोत्तरी, धनुषा र भक्तपुरमा दुई–दुई तथा बारा, काठमाडौं र सर्लाहीमा एक–एक नयाँ संक्रमित देखिएका छन् । अहिलेसम्म संक्रमण देखिएक...









