विरगंज । पर्सामा एकैपटक ३९ जनामा कोरोना भाइरस (कोभिड – १९) को संक्रमण हुँदा ४ जना पत्रकार पनि संक्रमित भएका छन् । नारायणी अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायले जिल्लामा आज थपिएका ३९ संक्रमितमध्ये ४ जना सञ्चारकर्मी रहेको बताए ।
‘उहाँहरु जिल्लाका अगुवा सञ्चारकर्मी पनि हुनुहुन्छ । रिपोर्टिङका क्रममा कतै एक्सपोजर भइयो कि भनेर स्वाब दिनु भएको रहेछ । रिपोर्ट पोजेटिभ आएको जानकारी पाएको छु,’ डा मदनकुमार उपाध्यायले भने ।
उनले फिल्डमा खटिने सञ्चारकर्मीमा समेत अति जोखिम रहेको भन्दै जोखिएर रिपोर्टिङ गर्न आग्रह गरे ।
देशभर आज ५७ जना केश पोजेटिभ देखिँदा पर्साका ३९ जना र पर्साका १ जना रहेका छन् । यस्तै कपिलवस्तु र रुपन्देहीमा क्रमश ८ र ९ जनामा संक्रमण देखिएको छ । यो संगै देशभर कुल संक्रमितको संख्या १९१ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया