त्रियुगा नगरपालिकाको समितिमा जिम्मेबारी हेरफेर
उदयपुर । त्रियुगा नगरपालिकाको कार्यपालिकाको ३७ औं बैठकले विषयगत समितिको जिम्मेबारी हेरफेर गरेको छ । बैठक संचालन कार्यविधि २०७४ अनुसार गठन भएका विषयगत समितिहरु विघठन गर्दै बहुमतले केही जिम्मेबारी हेरफेर गरेको छ ।
त्रियुगा नगरपालिकाका कार्यपालिका सदस्य तथा प्रवक्ता केदार कुमार दनुवारका अनुसार ३७ औं बैठकले सार्वजनिक तथा क्षमता विकास समितिको संयोजकमा पशुपति चौधरीलाई जिम्मेबारी दिईएको छ । यसअघि प्रक...













