राजेन्द्र महतो, लहान । भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले एकै दिन सिरहा र धनुषा जिल्लामा विभिन्न १५ विकास योजनाको शिलान्यास गरेका छन् ।
दुवै जिल्लामा शिलान्यास गरिएका आयोजना मध्ये धेरै जसो सडक रहेका छन् । शिलान्यास गरेका मध्ये ८ आयोजना सिरहा र ७ आयोजना मन्त्री महासेठको गृह जिल्ला धनुषामा रहेका छन् ।
सिरहामा उद्घाटन गरिएका ८ आयोजना मध्ये बन्दीपुर स्कुलदेखि उत्तराइलसम्मको सडक, लगडी गडियानीदेखि जमदह मध्यपहाडी मार्ग जोड्ने सकड, जानकी मेडिकल कलेजदेखि रमदैया मिथिलेश्वर मौवाही इनर्वा कमला सडक, सडक सुधार तथा विकास अयोजना बर्दिवास, जलेश्वर जोड्ने ४२ किलोमिटर सडक रहेका छन् । बन्दीपुर–बस्तीपुर–कर्जन्हा–मनहर्वा कालोपत्रे सडक, बन्दीपुर–उत्तरायणीसम्म कालोपत्रे सडक, लगडी–गदियानी–जमदह–मध्यपहाडी लोकमार्ग जोड्ने सडक समेत रहेका छन् ।
योजनाको शिलान्यास गर्न सिरहा पुगेका मन्त्री महासेठले कमला पुल समयमा सक्न निर्देशन दिएका छन् । कमला नदीमा बन्दै गरेको पुल समेत उनले निरीक्षण गरेका हुन् । उनले दिनरात काम गरी आगामी आर्थिक वर्षभित्र काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।
त्यस्तै धनुषामा शिलान्यास गरिएका आयोजनामध्ये लालगढ प्रहरी चौकी–किसाननगर–प्रेमनगर–सिंग्याही–धरमपुर हुँदै जनकपुर रामानन्दचोक ३० किलोमिटर कालोपत्रे र करिब १९ किलोमिटर दूरीको मिथिला नगरपालिका १० लालगढ प्रहरी चौकी–तुलही–रानीवास–सिन्धुली दुई प्रदेश जोड्ने आरटीओ सडक छन् ।
यस्तै मिथिला नगरपालिकाकै वडा नम्बर ९ महेन्द्र राजमार्ग शिवमन्दिर हुँदै मोहत्तरी जाने करिब ६ किलोमिटर, रामजानकी मेडिकल कलेज—रमदेया—मिथिलेश्वर मौहावी—सवेलन—कमला हुदैँ सिरहा जिल्ला जोड्ने करिब ३५ किलोमिटर सडक, सपही निकालदेखि भगाहा हुँदै राष्ट्रिय धानबाली केन्द्र बननिया उच्च मावि सडक र मिथिलेश्वर मौवाही वडा नम्बर १ हुँदै हाइवेको प्रतीक्षालयदेखि पुरानो बजार पुरुदाहा सडक लगायत छन् ।
Posted by नागरिक बहस Nagarik Bahas on Monday, 22 April 2019
Posted by नागरिक बहस Nagarik Bahas on Monday, 22 April 2019
Posted by नागरिक बहस Nagarik Bahas on Monday, 22 April 2019









