उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ५ र ६ का लाई जोडने सडक निर्माणको कार्य शुरु भएको छ । वहुवर्षिय योजना अन्तर्गत दमौती—बुर्जाकान्ला—लालपत्ता—पात्लेवास—घनचक्रे २० किलो मिटर सडक निर्माणको काम शुरु भएको छ ।
नगरपालिकाको सवैभन्दा पिछडिएको क्षेत्र दमौती गाउँबाट निर्माण कार्य शुरु गरिएको सो सडकको प्रदेश सांसद हिमाल कार्कीले एक कार्यक्रमका विच आईतवार शीलान्यास गरेका छन । शीलान्यास कार्यक्रममा साँसद कार्कीले प्रदेश सरकारको वहुबर्षिय योजना अनुरुप पहिलो बर्षको काम सुरु गरिएको बताए । सात मिटर चौडाई र २० किलोमिटर लामो उक्त सडकको पहिलो बर्ष चालु यस आर्थिक बर्षमा पाँच किलोमिटर काम सम्पन्न गरिने सांसद कार्कीले बताए ।


‘पूर्वाधार विकासको प्रमुख आधार भनेकै सडक सञ्जाल हो’ उनले भने, ‘यो सडकको दुई बर्ष भित्रमा सबै कार्य सकि तेस्रो बर्षमा कालोपत्रे गर्ने लक्ष्य रहेको छ ।’ उनले निर्माण कार्य सम्पन्न भएपछि दमौती—बुर्जाकान्ला—लालपत्ता—पात्लेवास र घनचक्रे गाउँहरु सडक सञ्जालमा जोडिने भएकोले यसबाट स्थानीयलाई ठूलो राहत मिल्ने बताए ।
साँसद कार्कीले ४० करोड रुपैया लागतको डिपिआर अर्थात इष्टमेट तयार भईसकेकोले यो सडकका लागि बजेटको अभाव नहुने बताए ।
अनुगमनको जिम्वेवारी पाएको पुर्वाधार विकास कार्यालयका प्रमुख (डिई) जितेन्द्रकुमार कर्णले आगामी तीन बर्ष भित्र सम्पूर्ण काम सम्पन्न गर्ने गरी योजना अगाडी बढाईएको बताए । उनले “प्रदेशको नयाँ संरचना, अख्तियारीमा ढिलाई जस्ता कारणले यो वर्ष काम थाल्न ढिलो भएपनि अगामी वर्षहरुमा भने सहज हुने छ ।”
यो बर्ष ७६ लाख ९४ हजार नौ सय ६६ रुपिँयाको काम हुने उनले बताए । प्रदेश सरकारले चालु आर्थिक बर्षमा खर्च गर्ने गरी एक करोड ११ लाख रूपिँयाको वजेट विनियोजन गरेको थियो । तर, समयमा अख्तियारी आई नपुगेको र सर्वेका क्रममा केहि विवाद सृजना हुँदा वजेट खर्चमा ढिला सुस्ति भएको उनले बताए ।
यस सडकको २०७६ असार १५ गतेभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी पुर्वाधार कार्यालयले २०७५ चैत्र २९ गते चन्दन आशीर्वाद जेवी त्रियुगा नगरपालिका ११ उदयपुरसँग सम्झौता गरी सडक निर्माणको काम गर्न शुरु गरेको छ ।

Posted by नागरिक बहस Nagarik Bahas on Sunday, 21 April 2019

Posted by नागरिक बहस Nagarik Bahas on Sunday, 21 April 2019

Posted by नागरिक बहस Nagarik Bahas on Sunday, 21 April 2019

Posted by नागरिक बहस Nagarik Bahas on Sunday, 21 April 2019

Posted by नागरिक बहस Nagarik Bahas on Sunday, 21 April 2019

Posted by नागरिक बहस Nagarik Bahas on Sunday, 21 April 2019

 

तपाईको प्रतिक्रिया