उल्टो साइकलयात्रीले सगरमाथा लोकमार्ग बेचेको अदालतको ठहर, १ वर्ष ६ महिना कैद र १५ हजार जरिवाना
उदयपुर । सगरमाथा लोकमार्ग अन्तर्गतको जग्गा ठगी बिक्री गरेको कसुरमा जिल्ला अदालत उदयपुरले कात्तिक २८ गते उल्टो साईकल यात्री विरेश दाहालसहित चार जनालाई जरिवानासहित कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले कसुर ठहर गर्दै त्रियुगा नगरपालिका ३ मोतिगडाका ५४ वर्षीय बुद्धिप्रसाद दाहाल, छोरा विरेश दाहाललाई जनही एक वर्ष ६ महिना कैद तथा १५–१५ हजार जरिवाना असुल गर्ने गरी फैसला सुन...













