उपसचिवको कमाइ ५१ लाख मात्रै, सम्पत्ति साढे १० करोड !

उपसचिवको कमाइ ५१ लाख मात्रै, सम्पत्ति साढे १० करोड !
काठमाडौं । तोतापानी भन्सारका निर्वतमान प्रमुख कृष्णबहादुर बस्नेतको ३० वर्षको अवधिमा १० करोड ५६ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको भेटिएको छ । उत्त अवधिमा तलबभत्ता र अन्य सुविधाबापत उनले प्राप्त गरेको रकम ५१ लाखमात्रै हो ।आम्दानी र खर्चको अनुपात गणना गर्दा करिब ३५ लाख रुपैयाँ बचत गरेको उनको छोराछोरी पढाउन मात्रै झन्डै ८७ लाख रुपैयाँ खर्च गरेका छन् । ०४५ मंसिर २९ गतेदेखि लेखापाल भएका उनले आफ्नो आर्जन...

तेहेरो कर विरुद्ध उदयपुरका वन उपभोक्ताहरुको विशाल सभा (फोटो फिचरसहित)

तेहेरो कर विरुद्ध उदयपुरका वन उपभोक्ताहरुको विशाल सभा (फोटो फिचरसहित)
उदयपुर । सामुदायिक वनमा सरकारले लगाएको तेहेरो कर विरुद्ध सोमबार गाईघाटमा विरोध प्रदर्शन गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) उदयपुरको आयोजनामा गाईघाटमा विरोध प्रदर्शन गर्दै विशाल सभा गरेको हो । विरोध सभालाई सम्बोधन गर्दै सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) का केन्द्रीय अध्यक्ष भारती पाठकले अवैज्ञानिक रुपमा लगाइएको तेहेरो कर खारेज गर्न सरकारसँग माग गरेको बताईन् । उनले भनिन, ‘आज भन्दा...

एनसेलको ‘कर छुट’ खरिदबापतको रकम अप्रत्याशित रूपमा बढ्याे

एनसेलको ‘कर छुट’ खरिदबापतको रकम अप्रत्याशित रूपमा बढ्याे
काठमाडौँ । गत आर्थिक वर्षमा शून्य प्रायः रहेको दूरसञ्चार सेवा प्रदायक एनसेलको कर छुट खरिदबापतको रकम अप्रत्याशित रूपमा बढेको पाइएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने वस्तु तथा सेवा खरिदबापत देखाउन सकिने खर्च शीर्षकअन्तर्गत कम्पनीले ठूला करदाता कार्यालयमा अर्बौं रकम छुट खरिदका रूपमा देखाएको हो । कार्यालयले यस्तो रकमलाई ‘अप्रत्याशित’ वृद्धिका रूपमा मूल्याङ्कन गरेको छ । कार्यालयका अनुसार गत आर...

स्रेस्ता नै बिगारेर सरकारी जग्गा हडप्दै नीजि बनाउने होडबाजी

स्रेस्ता नै बिगारेर सरकारी जग्गा हडप्दै नीजि बनाउने होडबाजी
काठमाडौं । सरकारी जग्गा हडपेर आफ्नो नाममा पार्ने होडबाजी चलतेको तथ्य जाँचबुझ प्रतिवेदनबाट उजागर भएको छ । सरकारी, सार्वजनिक, गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगले ६ महिना लगाएर गरेको छानविनमा परम्परादेखि गुठीको जग्गा महन्तले आफ्नो नाममा बेचेको समेत भेटिएको छ । विद्यालय र सार्वजनिक वनको जग्गासमेत मालपोत र नापीका कर्मचारीसँग मिलोमतो गरेर आफ्नो बनाइको पाइएको छ । जग्गा हडप्नका लागि मालपोत र नापीको...

पूर्ण रुपमा नेपालमा बनेको यात्री मोटरसाइकल डिसेम्बर १९ तारिखमा सार्वजनिक हुने

पूर्ण रुपमा नेपालमा बनेको यात्री मोटरसाइकल डिसेम्बर १९ तारिखमा सार्वजनिक हुने
काठमाडौं । नेपाली युवा उद्यमीहरुले सुरु गरेको स्टाटअप कम्पनी यात्रीले आफ्नो पहिलो मोटरसाइकल डिसेम्बर १९ तारिखमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्नो आधिकारीक वेभ साइटमा उल्लेख गरेअनुसार पहिलो प्रोजेक्टको रुपमा ‘प्रोजेक्ट जिरो’ सार्वजनिक गर्नेछ । उक्त प्रोजेक्ट जिरोमा प्रिमियम इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक हुनेछ भने सहरी क्षेत्रमा इलेक्ट्रीक पावर ट्रेनका फाइदाको विषयमा जानकारी दिइने भनिएको छ । ...

जीर्ण सिद्धिचरण राजमार्ग स्तरोन्नतिका लागि मन्त्रालयमा डेलिगेसन

जीर्ण सिद्धिचरण राजमार्ग स्तरोन्नतिका लागि मन्त्रालयमा डेलिगेसन
उदयपुर । वर्षौदेखि जीर्ण र धुल्लामे सिद्धिचरण लोकमार्गको मिर्चैया–कटारी–घुर्मी सडक खण्ड ७२ किलोमिटरको स्तरोन्नतीका लागि सरोकारवालाहरुको टोली मन्त्रालयमा डेलिगेसन दिन पुगेका छन् । डेलिगेसन गएको टोलीले सोमबार भौतिक योजना तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ्ग र अर्थ मन्त्री युवराज खतिवडालाई ज्ञापन पत्र बुझाएको छ ।उदयपुर, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लाहरुका जनताको प्रत्यक्ष दैनिक आपू...

स्थानीय तहलाई अख्तियारको ६१ बुद्धे कडा निर्देशन

स्थानीय तहलाई अख्तियारको ६१ बुद्धे कडा निर्देशन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीयमा भएको भ्रष्टाचार नियन्त्रणका लागि ६१ बुँदे निर्देशन जारी गरेको छ। आयोगमा स्थानीय तहमा भएका अनियमितता सम्बन्धी उजुरीहरु धेरै पर्न थालेपछि शुक्रबार गरेको निर्णयअनुसार लिखित रुपमै निर्देशन जारी गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। आयोगमा दर्ता हुने अनियमितता सम्बन्धी उजुरीहरुमध्ये ३४ प्रतिशत पालिकासँग सम्बन्धित रहेन गरेको आयोगले ज...

त्रियुगा नगरपालिकामा जंगली हात्तीको आतंक फेरि सुरु

त्रियुगा नगरपालिकामा जंगली हात्तीको आतंक फेरि सुरु
उदयपुर । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षको जंगली हात्तीले उदयपुरको त्रियुगा नगरपालिका आसपास क्षेत्रमा आतंक मच्चाएको छ । आरक्षबाट निस्केको जंगली हात्तीले मच्चाएको वितण्डाका कारणले दुई दर्जन बढीको धानबाली नष्ट गरेको छ । जंगली हात्तीको आतंकबाट त्रियुगा नगरपालिका २ जोगिदह, मोथियाही, खैजनपुर र सोनुवाको साथै त्रियुगा नगरपालिका ३ भुल्केमा किसानको धानबाली नष्ट गर्नुको साथै चार घरमा क्षती पुर्याएको छ ।...

एघार लाखसहित दुई हुण्डी कारोबारी पक्राउ

एघार लाखसहित दुई हुण्डी कारोबारी पक्राउ
राजेन्द्र महतो, लहान । सिरहाको भगवानपुर गाउँपालिका १ भगवानपुर चौक स्थित भारतबाट नेपाली रुपैयाँ ११ लाख ल्याउदै गरेका एक नेपाली र एक भारतीय हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेका छन् । अस्थायी प्रहरी चौकी भगवानपुर सिरहाबाट खटिएको प्रहरी टोलीले भारतको लौकाहाबाट आउँदै गरेको बी आर ३२ एच ०३३५ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्नेक्रममा भारत मधुवनी जिल्ला लौकाहा पंचायत वडा नं. १२ को ३० वर्षिय अशोक क...

यस्तो पनि चोर, पैसा छाडेर प्याज चोरे

यस्तो पनि चोर, पैसा छाडेर प्याज चोरे
काठमाडौं । चोरी गर्ने उद्देश्यले गएका व्यक्तिको पहिलो नजर कुन चिजमा होला ? अवश्य पनि पैसा (नगद)मा । तर, केही चोरहरु यस्ता पनि हुन्छन्, जसले नगदलाई भन्दा बढी उपभोग्य बस्तुलाई महत्वपूर्ण मान्छन् । अहिले दक्षिण एसियाका देशमा प्याजको मूल्यले आकाश छोएको छ । खासगरी नेपाल, भारत र बंगलादेशमा प्याजको मूल्य छोइनसक्नु भएको छ । मूल्य बढेकै कारण उपभोक्ताहरुले भान्सामा प्याजको उपयोग कम गर्दै लगेका छन् । तर, भ...