त्रिवेणी मेलामा कटारी चेम्बर अफ कमर्सद्वारा फोहोर व्यवस्थापनका लागि डस्बिन सहयोग
कटारी - कटारी नगर उद्योग वाणिज्य संघ (कटारी चेम्बर अफ कमर्स)ले त्रिवेणी (मैनी)मा हुने फोहोर व्यवस्थापनका लागि डस्विन वितरण गरेको छ । माघ १ गते माघे संक्रान्तिदेखि कटारी नगरपालिका–२ स्थित त्रिवेणी धाममा सुरु भएको त्रिवेणी (मैनी)मेलामा सरसफाईका लागि टेवा पुराउने उद्येश्यले डस्बिन प्रदान गरिएको संघका अध्यक्ष पवन श्रेष्ठले बताउनुभयो ।
संघले मेला परिसरमै एक कार्यक्रमको आयोजना गरी कार्यक्रमका प्रमुख अत...













