प्रदेश १ को आगामी बजेट ४० अर्ब ८९ करोड प्रस्तुत (पूर्णपाठसहित)
उदयपुर - प्रदेश १ ले आगामी आवको लािग ४० अर्ब ८९ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा सो बजेट प्रस्तुत गरेको हो ।
सो बजेटमध्ये १८ अर्ब ९३ करोड चालु खर्च हो भने २१ अर्ब ९२ करोड पुँजीगत खर्च र वित्तीय व्यवस्था ४ करोड रहेको छ । प्रदेश १ ले संघ सरकारमार्फत जाने अन्तर सरकारी वित्तीय हस्तान्तरणका २ अर्ब ८८ करोड निवियोजन गरेको छ ।...












