उदयपुर जिल्ला अस्पतालमा इमरजेन्सी र प्रसूति बाहेकका सबै सेवा बन्द
उदयपुर । उदयपुरको सदरमुकाम स्थित जिल्ला अस्पताल बोक्सेका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि आइतबारबाट इमरजेन्सी र प्रसूति सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रदेश नं. १ विराटनगरबाट प्राप्त पिसिआर रिर्पोट अनुसार जिल्ला अस्पतालका ४८ वर्षिष पुरुष रेडियोग्राफीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक र प्रसूति सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको अस्पतालका न...











