उदयपुरगढीमा वडामै योजना सम्झौता

उदयपुरगढीमा वडामै योजना सम्झौता
उदयपुरगढी । गाउँपालिकाको सबै घरमा बिजुली बत्ति पुर्याएर उदाहरणीय कार्य गरेको उदयपुरको उदयपुरगढी गाँउपालिकाले अर्को जनपक्षिय कार्य गरेको छ । यस अघि वडा कार्यालयमै प्राबिधिक खटाई योजनाको लगत स्टमेट बनाएको गाउपालिकाले अहिले जनप्रतिधि र प्रमुख प्रशासकीय अधिकृत वडामै पुगेर योजना सम्झौता गर्न भएका हुन । विकास निर्माणका योजनाहरु संचालन गर्दा जनतालाई असहज नहोस भनेर वडामै हाकिम पुगेर योजना सम्झौता गरिएक...

काकाकुल माथिल्लो कटारीबासीलाई नगरको २५ लाख सहयोगले पानी खाने आश जगायो

काकाकुल माथिल्लो कटारीबासीलाई नगरको २५ लाख सहयोगले पानी खाने आश जगायो
उदयपुर । खानेपानीको चरम अभावले बसाई सर्नु पर्ने अवस्थासम्म सृजना भएका कटारी नगरपालिका १४ लेखानीका रमाइलो डाँडा, चनौटे, किन्दु डाँडा, भदौरे र रामागाउँबासीले नगरको २५ लाख सहयोगले पानी खाने आश जगाएको छ । संघिय सरकारको २४ करोड बढीको लागतमा बन्न लागेको सुनकोसी खानेपानी लिफ्टिङ परियोजनाको लागि जनसहभागिता वापत कटारी नगरपालिकाले २५ लाख रुपैँयाको चेक हस्तान्तरण गरेको छ । स्थानीयको आर्थिक अवस्थालाई मध्यनजर...

कोशी कोरिडोर समृद्धिको आधार, निर्माणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री कार्की

कोशी कोरिडोर समृद्धिको आधार, निर्माणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री कार्की
उदयपुर । प्रदेश नम्बर १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले उदयपुरको भाग्य र भबिष्य सँग जोडिएको कोशी कोरिडोर (घुर्मी–चतरा सडक) निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन । उदयपुरको ताप्ली गाउँपालिका स्थित यारी खोलामा प्रदेश सरकारद्धारा निर्माण गरिएको मोटरेवल पुलको उद्घाटन गर्दै मन्त्री कार्कीले उक्त कुरा बताएका हुन । मन्त्री कार्कीले म पनि यही भेगको स्थानीय भएकाले यस क्षेत्...

समाचार प्रभाव : सरकारी ट्राइल सेन्टर बनाउने जग्गाको मन्त्री कार्कीद्वारा स्थलगत अनुगमन

समाचार प्रभाव : सरकारी ट्राइल सेन्टर बनाउने जग्गाको मन्त्री कार्कीद्वारा स्थलगत अनुगमन
उदयपुर । दुई वर्ष अघि त्रियुगा नगरपालिका ६ स्थित जलजले प्रहरी चौकीको पश्चिम तर्फको त्रियुगा नगरपालिकाको भोगअधिकार रहेको जग्गा यातायात व्यवस्था कार्यालय उदयपुरलाई उपलब्ध गराएको जग्गाको प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले स्थलगत अनुगमन गरेको छ । पुस ९ गते शुक्रबार नागरिक बहस डट कम अनलाइनमा “उदयपुरमा सरकारी ट्राइल सेन्टर बनाउन थाति, निजीलाई पोस्ने नीति ” शिर्षकको सामाचार प्रक...

उदयपुरगढीमा ३ दिने बाख्रा पालन तालिम सम्पन्न

उदयपुरगढीमा ३ दिने बाख्रा पालन तालिम सम्पन्न
उदयपुर । उदयपुरगढी गाउँपालिका वडा नं. ७ मा ३ दिने बाख्रा पालन तथा व्यवस्थापन तालिम सम्पन्न भएको छ । उदयपुरगढी गाउँपालिका पशु पंक्षी विकास शाखाको सहयोगमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ३ दिने बाख्रा पालन तथा व्यवस्थापन तालिम सम्पन्न भएको हो । सुनाखरी कृषक समूह र सरस्वती फुलबारी कृषक समूहका गरी ४१ जना कृषकलाई ३ दिने बाख्रा पालन तथा व्यवस्थापन सम्बन्धी तालिम दिइएको पशुपंक्षी विकास श...

उदयपुर र खोटाङ यातायात संचालन गर्न सुनकोसीमा बेलिब्रिज जडान

उदयपुर र खोटाङ यातायात संचालन गर्न सुनकोसीमा बेलिब्रिज जडान
उदयपुर । गाईघाट दिक्तेल सडक अन्तर्गत सुनकोसी नदीमा अस्थायी बेलीब्रीज जडान सम्पन्न भएको छ । हिउद महिनामा उदयपुर खोटाङ सिधा यातायात संचालन गर्न सडक विभागले बेलीब्रीज जडान गरेको हो । सुनकोशी नदिमा जडान गरिएको यो आठौं बेलीब्रीज हो । आठ बर्ष देखि बर्षेनी उदयपुरको रौतामाई गाउँपालिका वडा नं. ५ फोक्सिङटार र खोटेहाङ गाउँपालिका वडा नं. ९ स्थित सुनकोशी नदीमा गाईघाट दिक्तिेल सडक योजना कार्यालयले बेलीब्रीज लग...

भीम रावलले दिए अध्यक्षमा उम्मेदवारी

भीम रावलले दिए अध्यक्षमा उम्मेदवारी
चितवन । एमाले महाधिवेशनमा निवर्तमान उपाध्यक्षले अध्यक्षमा उम्मेदवारी दिएका छन् । तर, उनको मनोनयनलाई मध्यरातमा दर्ता हुन दिइएन । एमाले निर्वाचन आयोगले रातको समयमा निर्वाचनको कार्य अघि नबढाउने भनेर रोकेपछि रावलको उम्मेदवारी दर्ता रोकिएको हो ।

उदयपुरमा सवारी चालक अनुमति पत्रको ट्राइल शुरु

उदयपुरमा सवारी चालक अनुमति पत्रको ट्राइल शुरु
उदयपुर । उदयपुरमा पहिलो पटक सवारी साधन अनुमति पत्रको प्रयोगात्मक परीक्षा बुधबारबाट एक कार्यक्रम विच शुरु भएको छ । कार्यक्रमको प्रमुख अतिथि तथा प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले एक कार्यक्रमका विच ट्राइल सेन्टरको उद्घाटन गरेका हुन् ।मन्त्री कार्कीले रिवन काटेर ट्राइल सेन्टरको उद्घाटन गर्नुको प्रयोगात्मक परीक्षा तथा ट्राइल सेन्टरको स्थलको अनुगमन गरे । मन्त्री कार्कीले यात...

उदयपुरबाटै सवारी चालक अनुमति पत्र वितरणको काम शुरु

उदयपुरबाटै सवारी चालक अनुमति पत्र वितरणको काम शुरु
उदयपुर । यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले अव उदयपुरबाटै सवारी अनुमतिपत्र (लाईसेन्स) बितरण गर्ने भएको छ । २०७२ असारमा सेवा कार्यालय स्थापना भएपनि पहिलो पटक लाइसेन्स दिने काम अगाडी बढेको छ । यातायात व्यवस्था विभाग, प्रदेश यातायात व्यवस्था निर्देशनालय इटहरीबाट कात्तिक २९ गते सोमबार लाइसेन्स वितरणको परिपत्र आएको कार्यालय प्रमुख सुभाष कार्कीले जानकारी दिए । यस अघि सवारी दर्ता, लाइसेन्स नविकरण...

कटारीको पोखरियामा विद्युत र बाटो पुग्यो, स्थानीयबासी हर्षित

कटारीको पोखरियामा विद्युत र बाटो पुग्यो, स्थानीयबासी हर्षित
उदयपुर । उदयपुरको अति विकट कटारी नगरपालिका १ स्थित पोखरिया गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुगेको छ । पूर्व प्रदेश कृषि सहकारी राज्य मन्त्री कला घले र कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी) ले बुधबार एक कार्यक्रम विच विद्युतको स्विच थिचेर वत्तिको उद्घाटन गरेका थिए । नेपाल विद्युत प्राधिकरण र कटारी नगरपालिकाको सहकार्यमा पहिलो पटक पोखरियामा राष्ट्रिय प्रणालीको विद्युत पु...