विप्लव समूहको प्रहरी चौकी आक्रमण गर्ने पहिलो प्रयास असफल
सोलुखुम्बु । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३, छेस्काममा रहेको प्रहरी चौकी आक्रमणको प्रयास असफल भएको छ ।
आइतबार राति विप्लव समूहले आक्रमण गर्ने सूचना पाएपछि चौकीमा रहेका प्रहरी हतियारसहित सुरक्षित ठाउँमा गइसकेकोले आक्रमणको प्रयास असफल भएको हो । राति १२ बजेको समयमा विप्लव समूहका झण्डै ३० जना कार्यकर्ता हतियारसहित प्रहरी चौकीमा पुगेको...












