एजेन्सी- कोरोना भाइरसको भविष्यवाणी १२ वर्ष अघि नै भएको खुलेको छ । त्यो पनि पुस्तकमार्फत् ।
सिल्भिया ब्राउनीको पुस्तक इन्ड अफ डेजः प्रेडिक्सन एन्ड फोरफेसिज एबाउट दी इन्ड अफ दी वल्र्ड मा सँसारभर कोरोनाभाइरस फैलन भविष्यवाणी गरिएको थियो । यो पुस्तक सन् २००८ मा प्रकाशित भएको थियो । अहिले पुस्तक र यसमा उल्लेखित रोगको भविष्यवाणी बारेको पेज भाइरल भइरहेको छ ।
पुस्तकमा सन् २०२० तिर विभिन्न किसिमका निमोनिया जस्ता रोगहरु सँसारभर फैलनेछ । फोक्सोमा आक्रमण गरी सबै किसिमका औषधीले काम लाग्न नसक्ने हुने समेत उल्लेख छ । यी वर्ष यस्तै प्रकारको रोग फैलने भविष्यवाणी गर्नसकेको भन्दै पुस्तकका लेखकको चर्चा छ ।

तपाईको प्रतिक्रिया