उदयपुर । त्रियुगा नगर सरकारले माघे संक्रान्तिका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्रियुगा नगरपालिकाको निर्णयानुसार माघ १ गते एक दिन बिदा दिने निर्णय गरेको हो ।
थारु, मगर समुदायको प्रमुख चाड माघी तथा खस आर्य समुदायको माघे संक्रान्ति पर्वको अवसरमा त्रियुगा नगरक्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रवक्ता तथा नगर कार्यसमिति सदस्य दनुवारले बताए ।
नगरपालिकाको कार्यालय र माताहातको कार्यालयहरु बन्द रहने प्रवक्ता दनुवारले जानकारी दिए । थारु र मगर समुदायको समेत माघे संक्रान्तिको दिन नयाँ वर्षको रुपमा मनाउने हुँदा सार्वजनिक विदा दिने निर्णय गरिएको प्रवक्ता दनुवारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया