उदयपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालको छाता संगठन नेशनल प्याब्सन उदयपुरको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सातौं जिल्ला अधिवेशनबाट सुमन कुमार चौधरीको अध्यक्षतमा सर्वसहमतिले ११ सदस्य कार्यसमिति चयन गरेको छ ।
यस्तै उपाध्यक्षमा संदिप दाहाल, सचिवमा कविन्द्र प्रधान, सहसचिवमा लक्ष्मीप्रसाद निरौला र कोषाध्यक्षमा नवराज सिंह ठकुरी पनि सर्वसहमतिले चयन भएको हो ।
सदस्यहरुमा कृष्ण कुमार राउत, संजीव कुमार चौधरी, शेषराज निरौला, विजय राई, अमर बहादुर खड्का र सुनिल कुमार चौधरी समेत सर्वसहमतिले चयन भएको अध्यक्ष सुमन चौधरीले जानकारी दिए । उनका अनुसार नेशनल प्याब्सन उदयपुरमा हालसम्म दुई दर्जनबढी निजी विद्यालयहरु आवद्ध रहेका छन् ।









