काठमाडौं/यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ । रोयल स्वीडिस एकेडेमी अफ साइन्सले वैज्ञानिकहरु फ्रान्सिस एच आरनोल्ड, जर्ज पी स्मीथ र सर ग्रेगोरी विन्टरलाई रसायनशास्त्रको नोबेल पुरस्कार प्रदान गरेको हो । औषधी उपचारमा प्रयोग गर्न सकिने नयाँ प्रोटिनहरुको विकासमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो ।
फ्रान्सिसले एन्जाइमबारे अनुसन्धान गरेका थिए । उनले ’डिरेक्टिड इभ्युलुशन’ को प्रविधि प्रयोग गर्दै नयाँ प्रोटिनहरूको विकास गरेका थिए। यी प्रोटिनहरु नयाँ औषधिदेखि इन्धन बनाउनसम्म प्रयोग गर्न सकिन्छ ।
यस्तै जोर्ज पी स्मिथ र सर ग्रेगरी विन्टरले नयाँ प्रोटिनहरू बनाउन प्रयोग गर्ने ’फेज डिस्प्ले’ प्रविधिको विकास गरेका हुन् ।

तपाईको प्रतिक्रिया