उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका २ अन्तर्गतका ६ वटा सामुदायिक विद्यालयका २ सय ४० विपन्न गरिव विद्यार्थीलाई न्यानो कपडा स्वीटर वितरण गरिएको छ । वडा कार्यालय आर्थिक वर्ष २०७६÷७७ को बालबालिका शिर्षक अन्तर्गत २ सय ४० विपन्न गरिव विद्यार्थीलाई एक कार्यक्रम विच स्वीटर वितरण गरिएको हो ।
दिनहुँ बढ्दै गएको चिसोको कारण विपन्न गरिव विद्यार्थीहरुमा प्रतिकुल असर परेको भन्दै स्वीटर वितरण गरिएको चौदण्डीगढी नगरपालिका २ का वडाध्यक्ष सन्तोष सुबेदी ‘बलिदान’ले बताए । वडाध्यक्ष सुवेदीले भने, ‘एक वर्षको लगानी गर्ने हो भने खाद्यन्न बालीमा लगानी गर्नुस्, १० वर्षको लागि लगानी गर्ने हो भने रुख विरुवामा लगानी गर्नुस र सयौं वर्षको लागि लगानी गर्ने हो भने शिक्षामा लगानी गर्नुस्’ चिनिया उखानबाट प्रेरित भएर वडाका विपन्न गरिव विद्यार्थीलाई पढ्न आउने वातावरणको लागि स्वीटर वितरण गरिएको हुँ ।’ उनका अनुसार यो लगानी हाम्रो वडाको सन्ततीको उज्वल भविष्यको परिकल्पाना स्वरुप वितरण गरिएको हो । उनका अनुसार वडाका विपन्न गरिव विद्यार्थी पनि जाडोमा विद्यालय आउने वातावरण बनाउनको लागि स्वीटर वितरण गरिएको हो । वडाध्यक्ष सुवेदीका अनुसार वडा कार्यालयको बजेटबाट बालबालिका शिर्षकको ५० हजारबाट ६ वटा विद्यालयका २ सय ४० बालबालिकालाई स्वीटर वितरण गरेको बताए ।
स्वीटर वितरण कौवैदेवी निम्न माध्यमिक बिद्यालय झोडापाटा, सिंहदेवी माध्यमिक विद्यालय, शिद्धकाली प्राथामिक बिद्यालय भित्ते, बुद्धजनता प्राथामिक बिद्यालय गंगटे, रक्तमाला प्राथामिक बिद्यालय र कोकन देवी प्राथामिक बिद्यालयका २ सय ४० जना विद्यार्थीलाई गरिएको थियो ।
कक्षा १ देखि ५ सम्म अध्ययनरत हरेक विद्यालयका गरिव विपन्न विद्यार्थीलाई लक्षित गरि स्वीटर वितरण गरेको वडा सचिब नैनबहादुर खड्काले बताए ।









