उदयपुर । जापानको टोकियो विश्वविद्यालयमा अध्ययनरत छात्रछात्राहरु आवद्ध संस्था युमी नेपाल जापानले उदयपुरको त्रियुगा नमुना माध्यामिक विद्यालयका ४९५ जना विद्यार्थीहरुलाई झोला वितरण गरेको छ ।
युमी नेपाल जापानको सहयोगमा तिमि म नेपालले आईतबार एक कार्यक्रमको आयोजना गरि कक्षा ६ देखि ८ सम्मका ४९५ जना छात्रछात्राहरुलाई स्कुल व्याग वितरण गरेको हो । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको प्रमुख अतित्थ्यता र त्रियुगा नमुना माध्यमामिक विद्यालयका प्रध्यापक सुवास विष्टको अध्यक्षतामा तिमि म नेपालले आईतबार झोला वितरण कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा बोल्दै त्रिनपाका मेयर चौधरीले सरकारी विद्यालयका विद्यार्थीहरुका लागि युमी नेपालले गरेको सहयोग सरहनिय भएको बताउनु भएको छ । साथै मेयर चौधरीले नगरपालिकाको तर्फबाट पनि कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई झोला वितरण गर्ने बताउनु भएको छ । कार्यक्रममा त्रिनपाका प्रमुख प्रशासनिक अधिकृत लक्ष्मण थापा, नगर शिक्षा अधिकृत जस बहादुर कार्की, तिमि म नेपाल कार्यक्रमका संयोजक प्रदिप राज भण्डारी, त्रिनपा वडा नम्बर ११ का वडाध्यक्ष विश्वराज भट्टाई, पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, समाजसेवी राजकुमार शर्मा लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया