उदयपुर । रामजानकी माध्यमिक विद्यालय मोतिगडाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजबहादुर कार्की निर्वाचित भएका छन् ।
मंसिर १५ गते भएको निर्वाचनमा खुल्ला सदस्यमा राजबहादुर कार्की, महिला सदस्यमा महावती चौधरी र दलित सदस्यका लागि मेम बहादुर वि.क. विजय भएका थिए । विजय सदस्य मध्ये राजबहादुर कार्कीलाई विव्यास समितिको अध्यक्षमा निर्वाचित भएको हो ।सदस्यहरुमा फुलकुमारी चौधरी, मेघनाथ दाहाल, कोपिला ज्यू ठकुरी शिक्षक प्रतिनिधि, गोरु देवी राई आमासमूह प्रतिनिधि, हरिमाया शाही वडा प्रतिनिधि र सदस्य सचिवमा देवनाथ चौधरी रहेका छन् ।

तपाईको प्रतिक्रिया